यसकारणले गरिनुपर्छ बलीप्रथा अन्त्य

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यसकारणले गरिनुपर्छ बलीप्रथा अन्त्य

2026-07-26 04:55 AM
बर्दिया - BRD

यसकारणले गरिनुपर्छ बलीप्रथा अन्त्य (अायो यस्तो कुरो)

यसकारणले गरिनुपर्छ बलीप्रथा अन्त्य


             डा. खगेन्द्र घोडासैनी

दसैँ नेपालीहरुको महान चाड पर्व हो । यसका आध्यात्मिक, धार्मिक, ऐतिहासिक वा पौराणिक र नेपाली समाज सापेक्ष्य समाजिक अर्थहरुलाई निम्न लिखित रुपमा प्रस्तुत गरिएको छ – आध्यात्मिक अर्थमा दसैँ – मानिसले नौ ओटा इन्द्रियहरु (दुई नाक, दुई कान, दुई आँखा तथा प्रजनन र गुदा) का अधिनमा रहेर विभिन्न नराम्रा काम गरि रहेको हुन्छ ।

यिनै नौ ओटा इन्द्रियहरुलाई वशमा राखी काम, क्रोध, लोभ, मोह र अहङ्कार जस्ता गुणहरु त्यागेर इच्छा वा तृष्णा रहित भई दसौँ इन्द्रिय रुपी ज्ञानलाई प्राप्त गरेर दशमीका दिन मनाउने पर्व नै आध्यात्मिक रुपमा दसैँ भनेर चिनिन्छ । धार्मिर अर्थमा दसैँ – शक्तिको प्रतीक मानिएकी महाकाली, महालक्ष्मी र महासरस्वती देवीको पूजा र आराधना गरी उनीहरुलाई प्रसन्न गराएर आफ्ना सांसारिक इच्छा र मनोकामनाहरु पुरा भएको उत्सवको रुपमा दसैँ मानिन्छ । ऐतिहासिक वा पौराणिक रुपमा दसैँ – भगवान रामले रावणको वध गर्न शक्ति स्वरुपा देवीको आराधना गरेर दशमीका दिन विजय प्राप्त गरेको प्रसङ्गका कारण दसैको ऐतिहासिक वा पौराणिक अर्थमा विजयको अर्थ लाग्छ ।

नेपाली समाज सापेक्ष्य सामाजिक अर्थमा दसैँ – नेपाली समाजमा दसैँ भनेको आध्यात्मिकता, धार्मिकता, ऐतिहासिकता वा पौराणिकता केही पनि देखिँदैन । नेपाली समाजमा दसैको अर्थ राम्रो लगाउने, मिठो खाने, घुम्ने, पूर्ण भौतिकवादी र भोगवादी चिन्तन हावी भएको देखिन्छ । अघि पछि बाघ, गैँडा, हात्तीको संरक्षणको नारा दिने नेपालीहरु दसैँमा असंख्या जीवहरुको हत्या गरेर आफूहरुले धर्म गरेको भगवती खुसी भएको स्वाङ्ग पारेर पाखण्डी धर्म गरि रहेका देखिन्छन् । नेपालको सरकारले पनि यसमा लाल मोहर लगाएर काठमाडौको बसन्तपुरमा दसै घर बनाई सरकारी रकमबाट बली दिने गरेको छ । जबकि यो धार्मिक रुपमा, आध्यात्मिक रुपमा दसै मनाउने नागरिकहरुका विरुद्ध छ ।

त्यसैले नेपाली समाज समापेक्ष्य दसैँ आपसी भेटघाट र जीवहत्या गरी मोजमजा गर्ने पर्वका रुपमा देखिन्छ । त्यसैले दसैँ जीव हत्या गरेर होइन जीव कल्याण र आत्मकल्याणका लागि मनाइनु पर्दछ र सरकारले पनि जीव हत्या गर्ने कार्य बन्द गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ