नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन ।&nb"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते

१३ आश्विन २०७४, शुक्रबार ००:११

नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन । 

घाईते हुनेहरुमा बैतडीको पाटन नगरपालिका ६ का ११ बर्षिया बालिका कविता विष्ट, १४ बर्षिया बालिका सरस्वती विष्ट, ३४ बर्षिय नरेन्द्र विष्ट , दशरथचन्द नगरपालिका १ गुरुखोलाका ७२ बर्षिय देव सिंह ऐरी, दशरथचन्द नगरपालिका ४ का २२ बर्षिय दिपेन्द्र वोहरा, ४० बर्षिया खिमा कार्की र ३० वर्षिय विनित चन्द रहेका छन । घाईते सबैको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र सेती अञ्चल अस्पताल कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

बलि दिइरहेका बेला एक्कासी भागेर आएको रांगाले हान्दा उनीहरु घाईते भएका हुन । पछिल्लो समय सामाजिक संजाल लगायत अधिकासं व्यक्तिहरुले बलिप्रथाको बिरोध गर्ने गरेको भएपनि बैतडीका विभिन्न शक्तिपिठहरुमा रहेको बलिप्रथा हट्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड