असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

१५ आश्विन २०७४, आईतवार १३:३३

असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ । 

खानेपानीको निहुमा हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो । 

झडपमा हुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुमारीलाई चोट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो । 

काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभएको छ । 

यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ । 

मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुर नपा–१० बाल्चनपुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ । 

निर्वाचनको दुइहप्ता बित्न लाग्दासम्म जितहुने र हार हुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुनै निहुमा विवाद भइरहेको देखिएको छ । 

स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य