दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आव"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

क्रमागत योजना समुदायका लागि लाभ हो कि विलाभ ?

२०७४, १५ आश्विन आईतवार १४:००

दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आवश्यकता पहिचान गरी निर्माण कार्य संचालन भएका केही योजनाहरु प्राथमिकता र सम्वेदनशिलताको आकलन नगरी सानै बजेटका योजनाहरु समेत क्रमागतमा पार्दा स्तरीय दिगो योजना निर्माण नभै योजनाको आवश्यक बजेट बालुवामा पानी भै बिलाभशिद्ध बन्ने गरेका हुन् ।

समुदाय स्तरमा निर्मित योजनाहरु क्रमागतमा पार्दा समुदायमा अपनत्वको भावना विकास हुने र दिगो योजना निर्माण हुने अभिप्रायले राज्य स्तरका निकायले क्रमागत योजनालाई प्राथमिकतामा काम थालेपनि केही अबुझ स्थानीय समुदाय र क्षणिकलाभ खोज्ने अगुवा तथा प्राविधिकका कारण राज्यको क्रमागत योजना दिगो अभियान विफल हुदै गएको सान्नीत्रिबेणी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष भरत विकले बताउनु भएको छ ।


राज्यले थालेको दिगो अभियानकै शिलशिलामा आफ्नो वडामा शान्तिमन्त्रालय मार्फत करिव ६ वटा योजना २÷३ बर्ष देखि निर्माण कार्य संचालन भैरहेका बताउदै योजनाको दिगो निर्माणको लागि समुदाय आफै सचेत एवं सक्रिय बन्नु पर्ने वडा अध्यक्ष विकले बताउनु भएको छ । खानेपानी मन्त्रालय मार्फत खानेपानी तथा सभडिभिजन कार्यालय द्धारा करिब ४ बर्ष देखि निर्माणाधिन मुलखोला खानेपानी क्रमागत योजनाबारे बताउदै अध्यक्ष विकले हरेक बर्ष प्याकेजमा निर्माणहुने काम अर्को बर्ष नआउदै जिर्ण भएर जाने भत्कीने एवं संकलित सामाग्रीसमेत खेर तथा चोरी भएरजाने जस्ता कारणले समुदायमा संचालित क्रमागत योजना समुदायका लागि लाभ नभै विलाभशिद्ध देखिएको बताउनु भएको छ ।

विभिन्न मन्त्रालय सम्म भनसुन गरी करिव १० लाख देखि ५० लाख सम्मका योजनाहरु क्रमागतमा पार्न सफल भएपनि योजना प्रति समुदायहरुको अपनत्वको भावना विकास नहुदा खानेपानी, सिचाई कुलो, विद्यालय भवन निर्माण जस्ता सम्बेदनशिल तथा अति आवश्यक योजनाहरुको निर्माणकार्य दिगो बन्न नसकेको अध्यक्ष बताउनु हुन्छ ।


मुलखोला खानेपानी योजना निर्माणकार्य संचालन गरेको अहिले ४ बर्ष भयो तर अहिले सम्म केही ठाउमा पाइप दबाउने, घारा तथा टांकी निर्माण कार्य सकिएपनि अहिले ति धारा तथा टांकी जिर्ण तथा पाइपहरु चोरहरुले उखेलेर लगिसकेका छन् भने यो योजनाले समुदायमा कस्तो प्रभाव पार्ला ? भन्दै प्रति प्रश्न गर्नु हुन्छ स्थानीय बुद्धिजीवि नौलासिंह गिरी ।

निर्माण कार्य बढीमा ३ महिना लाग्ने योजना समेत क्रमागतमा पारी काम थाल्नुले योजनाका प्राविधिक तथा निर्माण समितिलाई ब्यक्तिगत खर्च ब्यवस्थापन भै कामदारहरुलाई मारमा पार्ने काम भएको स्थानीय कामदार डब्बल सार्किले बताउनु भएको छ । यस्तै हाम्रै घरटोलमा पानीघाराका लागि योजना आएको झण्डै ४ बर्ष वितिसक्यो अहिलेसम्म पानी आउने कुनै सुरसार छैन, उही आघा घण्टालाई पिंगाकोपानी ल्याउनु परकाइ जान्यानाई भन्दै खानेपानी योजना बारे गुनासो पोख्नुहुन्छ सान्नीत्रिबेणी १ का स्थानीय लुड्के सार्की ।


शान्नीत्रिबेणी गाउपालिका वडा नं. १ मा शान्तिमन्त्रालयबाट संचालित २ वटा विद्यालयको भवन निर्माण १ स्वास्थ्य तालिम केन्द्र, २ वटा मठ मन्दिर, १ सहिद पार्क निर्माण कार्य करिव २÷३ बर्ष देखि संचालन भैरहेका छन् यि योजनाहरुको दिगो निर्माणका लागि सबै सम्बद्ध सरोकारवाला विशेष गरी अहिलेका जनप्रतिनिधि सजक रहनु पर्ने स्थानीय जानकार मनबहादुर गिरी बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला