१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तल्कोट गाउँपालिका अध्यक्षले कुट्दा एक गम्भीर घाइते

१७ आश्विन २०७४, मंगलवार ०२:०८

सम्राट सिंह | असोज १७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । 

नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लाल बहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनबिर बिष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पिडित परिवारले बताएका छन । विजयी हाँसिल गरेपछि राजनितिक पूर्वाग्राही भएर अध्यक्ष बिष्टले गाउँ भरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ । 

गाउँपालिका अध्यक्ष रहेका बिष्टले भोट अर्को दललाई हालेको भन्दै मनबिर बिष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली काँग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने घाइते बिष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पिडित मनबिर बिष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट लगायत १५ जना बिरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन । 

यता तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले भने अघिल्लो दिन मनबिर बिष्ट नेतृत्वको टोलीले मलाई नै कुटपिट गरी घाइते बनाएको र पछिल्लो दिन मेरा केटाहरु गएर मनबिर बिष्टसँग झगडा हुँदा बिष्ट घाइते भएका हुन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै