पढ्न करिब 1 मिनेट लाग्छ

असोज १८, पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन् ।

घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।

दशँैदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक÷पटक सडक अवरुद्ध बनेको छ ।

आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

१० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाए पनि पहिरो खसेपछि सो काम रोकिएको छ । रासस