१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

लावडका स-परिवार न्याय खोज्न देवताको शरणमा पुगे

२० आश्विन २०७४, शुक्रबार १२:१५

नन्द बहादुर रोकाया/असोज २०, मुगु । सोरु गाउँपालीका वडा नं ६ जिमाका एक दम्पति न्याय पाउँ भन्दै देवताको शरणमा पुगेका छन । 

आफ्नो घरको खेतबारी आफ्नै साखले जबजस्ती गरी खाएकाले आफ्नो जग्गा आफुले पाउँ भन्दै धन बहादुर लावडका दम्पति छोराछोरी काधँमा बाबाीको हलुडो बाँधी, शररिमा खरानी घसी, मुखमा घाँस च्यापि, रुमगिलाहाको देवता गुहार्दै रुम बिजैको शरणमा पुगेका हुन । 

रुम गिलाको जुवारे पुर्णिमाको अबसर पारी लावडका स परिवार देवताको थानमा भोकभोकै अनशनरत बसे पछी धामीले न्याय दिलाउने बिश्वास समेत दिलाएका छन । 

सौरु गाउँपालीका वडा नं ६ कै आफ्नै काका पर्नेले आफु तराई झरेको मौका छोपि जग्गा खाएको र माग्न खोज्दा मार्ने धम्कि दिने गर्नाले आफुले न्याय पाउँ भन्दै रुमको बिजैलाई पुकारी देवातको शरणमा पुगेको धन बहादुर लावडले बताउनुभयो । 

यस भन्दा पहिला पनी आपनो जग्गा जबजस्ती गरी खाएको र रुम बिजैमा लाई थान गरी जग्गा पाउँ भन्दै शरण परेपछी उसलाई रुम बिजै देवता दुख दिईएको र त्यसपछी अतिक्रमण गरेको जग्गा फिर्ता गरेको भएपनी पुन आपनो सपरिवार तराई झरेको मौका छोपि पुन जग्गा खाएकाले माग्न खोज्दा नदिईकाले देवता गुहारेको लावडको भनाई छ । 

यसै बिच मुगुको रुम बिजै देवताले परापुर्वकाल देखि नै अदालतको जस्तै भुमिका निभाउदै आएको बुढापाका हरुको भनाई छ । घरेलु हिसां महिला हिसा  चोरी लगायत अन्य अन्याय पुर्ण जस्ता कियाक्रलाप भएको खण्डमा स्थानीले रुम बिजै लाई गुहारेम छोटो समयमै रुम बिजैले न्याय दिलाउने स्थानिय फागुने कामीले बताउनुभयो । 

सौरु गाउँपालीका अधिकांश स्थानीय अन्याय भएको खण्डमा जिल्ला अदालत नगई रुम ग्रिलाहा बिजैकोमा अनशनरत बसी थान गर्ने तथा देवात गुहार्ने गरेको कामीको भनाई छ । 

रुम ग्रिलाहा बिजैकोमा न्याय माग्न मुगु, हुम्ला, जुम्ला, बाजुरा, अछाम, डोल्पा र कालीकोट लगायतका स्थानीय आउने र न्याय पाएको खण्डमा देवतालाई भाकल गरेका खसीबोका घण्ट लयायतका चढाउने बुढापाकाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन