१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन

२२ आश्विन २०७४, आईतवार १४:१४

माधव बेल्वासे/असोज २२, चन्द्रौटा । कपिलवस्तुको  वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ ।  

सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो । नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान लगाएत स्याहारसुसार गर्ने वारे सन्देश दिइएको थियो । 

हजार दिनमा त्यो अवधिमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै खानपिनमा सुधार ल्याउनुपर्ने कुनै तयारी खाना खुवाउन नहुने सन्देश समेटिएको थियो । 

कुनै पनि आमा र बच्चाले लगाउनु पर्ने खोपबाट बञ्चित हुन नहुने, गर्भवती अवस्थादेखि ९ महिनासम्म चारपटक चेकजाँच गर्नुपर्ने अवस्थालाई चित्रण गरिएको सडक नाटक प्रदशन गरिएको हो ।, नाटकमा देखिएका सन्देश ग्रहण गर्न सके सुनौला हजार दिनको संचार अभियान साकार भएर जाने सुनौला हजार दिनका जिल्ला संयोजक राजन पुडासैनिले  वताए  । 

पोषणयुक्त खाना खाएको खण्डमा आमा र बच्चाको दिमाग तेज हुनुका साथै आमा र  बच्चाको रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकास राम्रोसँग हुने सन्देश दिइएको थियो ।

वच्चा जन्मेको दुई वर्षको अवधिमा ८० प्रतिशत दिमाग वृद्धि हुने भएको हुदा यस अवधिमा विशेष ध्यान दिनुपर्ने सन्देस दिइएको थियो । स्थानिय वासिन्दा हरुलाई हजार दिनका आमा र वच्चाका स्याहारसुसार, खानपिन, स्वास्थ्य चेकजाच लगाएतलाई समेटेर सडक नाटक प्रर्दशन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन