२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण

२०७४, २४ आश्विन मंगलवार १४:२९

सागर शर्मा/असोज २४, प्युठान । निक साईमन ईन्सिच्यूटले जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण गरेको छ । 

मंगलबार एककार्यक्रम गरि उक्त आवास गृह हस्तान्तरण गरेको हो ।   विगत लामो समयदेखि स्वास्थ्य संस्था र स्वास्थ्य सेवामा काम गर्दै आईरहेको निक साईमन ईन्सिच्यूटले जिल्ला अस्पतालका स्वास्थ्य कर्मीहरुको आवासका लागी २ करोड बराबरको दुईतले भवन जिल्ला स्वास्थ्य विकास समितीलाई हस्तान्तरण गरेको हो । 


आफ्ना छोरा निक साईमनको सम्झनामा नेपालका विभिन्न स्थानमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उक्त संस्थाले प्यूठान जिल्ला स्वास्थ्यका कर्मचारिहरुको आवासका लागी भन्दै दुई तले भवन निर्माण गरिदिएको हो ।  

नेपालमा काम गर्दैगर्दा आफ्नो छोराको निधनपछि नेपाल सरकार सगं सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा सहयोग सुरु गरिएको निक साईमन ईन्स्च्यिूटका संस्थापक जिमले जानकारि दिए । 

उनका अनुसार नेपालका धेरै समुदाय स्वास्थ्य सेवावाट बञ्चित छन उनीहरुलाई छोराको सम्झनामा सहयोग गरिराखेका छौ । दुई तलामा निर्माण गरिएको स्वास्थ्य संस्थामा ९ वटा कोठाहरु रहेका छन् । 

स्वास्थ्य कर्मिको सहज ब्यवस्थापनका लागी स्वास्थ्य कार्यालय नजिकै आवास निर्माण गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक विसाल सुवेदिले जानकारि दिए । 

मंगलबार एक कार्यक्रम गरी जिल्ला स्वास्थ्य कार्यालय ब्यवस्थापन समितीका अध्यक्ष मेघराज पुरिलाई आवासको साचो निक साईमन ईन्सिच्यूटका दुवैजना जिम र मेरिलिन साईमन्सले हस्तान्तरण गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते