२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा औषधि अभाव, बिरामी मर्कामा

२५ आश्विन २०७४, बुधबार ०५:२६

असोज २५, कपिलवस्तु । कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । 

जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । 

अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा अब्दुल कलाम मनिहारले बताउनुभयो । 

ज्वरो आएको, टाउको दुखेकोे औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेको उहाँको गुनासो रहेको छ । करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाउन नसकेको स्थानीय हरिराम कुर्मीले बताउनुभयो । 

कुर्मीले भन्नुभयो “मेडिकलमा औषधि किन्न सक्ने क्षमता छैन र मेडिकल यस क्षेत्रमै छैन, कि त कृष्णनगर जानु प¥यो कि त बहादुरगञ्ज, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी कुराकानी गरेरै दिन बिताउने गर्दछन् ।” 

बिरामी उपचारका लागि आउने गर्दछन् तर डाक्टरले भए सामान्य औषधि दिन्छन् नत्र औषधि छैन भनेर पठाउने गर्दछन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो रहेको छ । स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय नागरिक जाने गरेका छन् । 

त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ । आइरन चक्की अतिआवश्यक औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन । सरकारले सम्पूर्ण अधिकार तथा बजेट स्थानीय तहमा पठाएको छ तर स्थानीय निकायले भने स्वास्थ्य संस्थामा औषधि पठाएका छैनन् । 

जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयमा औषधिको अभावबारे जानकारी गराए पनि कार्यालयले स्थानीय निकायमा जान भनेको अनमी अनिता अधिकारीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले अब स्वास्थ्य कार्यालयले कुनै कार्यक्रम नआई औषधि दिन नसक्ने बताउनुभयो । 

सरकारले अब सबै जिम्मा स्थानीय तहलाई दिएको बताउँदै स्वास्थ्य चौकीका प्रमुखले नगरपालिकासँग माग गर्न आग्रह गर्नुभयो । सरकारले ७० प्रकारका औषधि स्वास्थ्य चौकीमा दिने गरेको भएपनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि औषधि नभएको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै