१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

वैदेशिक रोजगारीमा गएका १६ को ज्यान गयो

२५ आश्विन २०७४, बुधबार ०५:३५

असोज २४, पाँचथर । वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ । 

मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय, पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ । 

दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक÷एक जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरबहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणबहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । 

मृतकमध्ये १४ जनाको परिवारलाई कम्पनीले मृतकले पाउन बाँकी भनी पठाएको तलब रु २९ लाख ६६ हजार ५२१ भुक्तानी दिइएको जिल्ला प्रशासन कार्यालय, पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । 

जिल्लाको हिलिहाङ गाउँपालिका–७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पाउन बाँकी पठाएको तलब लिन बाँकी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन