2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका एसपी सिंहको कुटाईले हवल्दार र सिपाही ठहरै

पोखरा, २५ असोज  | जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोकसिहद्वारा कुटाईले घाइते भएका पाँच जना प्रहरीहरुलाई न्याय दिनुको सट्टा उल्टै प्रहरी हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एसपी सिंहले सोमबार दिउँसो पोखरा लेखनाथ १८ पामे प्रहरी विटका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाएर लाठी र मुक्का प्रहार गरेका थिए । प्रहरी विटका प्रहरी हवल्दार सुरेश महरा लगायत पाँच जना गम्भीर घाइते भएका थिए ।

तर ति प्रहरीले कुटाई भने यसै खाएका होईनन् । दिदी भाइको झगडा मिलाउने भन्दै दिदिलाई पिटेर तह लगाउन भाइको आग्रह बमोजिम प्रहरीले महिलालाई हातपात गरेको प्रहरीको स्रोतको भनाई छ । त्यसै कारण एसपीको मुक्का खान पुगेका हुन् । घटना सार्वजनिक हुने डरले घाइते भएका प्रहरी हवल्दार महरा दुई जना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको प्रहरी कै भनाई छ ।

एसपी सिंहको आदेशमा प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई प्रहरी हिरासतमा राखिएको बताइएको छ । उनीहरुलाई गए राती ११ बजेदेखि प्रहरी हिरासतमा राखिएको हो । तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ । एक पुरी थरकी महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको बताइएको छ । घटनाको विवरण अनुसार चौकीका ईञ्चार्ज असई तिलबहादुर भण्डारी आमा विरामी भएर असोज २० गते शुक्रबार पर्वतस्थित घर गएका थिए ।


वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक वसन्त शर्मासँग विदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई ईञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी पुरी थरकी एक महिला मादक पदार्थ सेवन गरी दाजुको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दाजुले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र ब्यबहार नगर्न भने । तर, दीपकले दिदीलाई एक–दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरालाई आग्रह गरे । हवल्दार महराले महिलालाई कार्यालयमा ल्याएर एक दुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिप्रका बोलाएर कुटपिट गरेका हुन् ।

घटनालगत्तै विदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । हाल असई भण्डारी, प्रहरी हवल्दार महर र प्रहरी जवानद्वय त्रिपाठी र थापा जिप्रकामै छन् । पामेमा भने जिप्रकाबाट असईको नेतृत्वमा नयाँ टिम पठाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा