१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

युवाहरु बिदेशिन थालेपछि गाँउ नै सुनसान

१८ फाल्गुन २०७२, मंगलवार १०:३३

दान बहादुर बुढा/ फागुन १८, मुगु । बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकाँश युवाहरु राम्रो कमाई हुने आसाले भारतलाई छोड्दै खाडि मुलुकका देशहरुमा जान थाले पछि गाँउनै सुसान हुनथालेका छन ।

सदरमुकाम गमगढी नजिकको कार्किबाडा गाबिस वडा नम्बर ९ माथि तुम गाउँमा अहिले कोहि मर्दापर्दा वा बिरामि पर्दा बोकर अस्पताल लैजाने युवा समेत छैनन । यो गाँउका २० जना युवा खाडि मुलुकका बिभिन्न देशहरुमा हिडे पछि गाँउनै सुसान बनेको हो ।

युवा बिदेशिने यो गाबिसको यो गाँउ एक नमुना मात्र भए पनि जिल्लाका २४ गाबिसबाट झण्डै २ हजार २ सय भन्दा बढी जनाले युवा खाडि मुलुकमा गएका छन । अहिले सबै भन्दा बढी कमाईका लागी खाडिमुलुकमा जाने कार्किबाडा गाबिसका युवा रहेकाछन । यो गाबिस बाट १ सय भन्दा बढी युवा कमाईका लागी बिदेशिएका छन भने अरु गाबिसमा पनि ४५ देखि ६० सम्मको संख्यामा युवाहरु बिदेशिएका छन । देशमा बेरोजगार भएर गाँउमा बस्नु भन्दा कमाईका लागी बिदेशिनु बाध्यता रहेको आफु मार्फतनै खाडिमुलुकका केहि राम्रा कम्पनिमा पठाउने गरेको र आफुमार्पmत मात्र १ सय ५० जना भन्दा बढी युवाहरु मलसिया दुबै कतामा गएको नासा हुयुमन रिसोर्स कम्पनिका एजेन्ट देबि सिहं सावतले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा मात्र एमआरपि राहदानिका लागी आबेदन दिन मासिक ४५ जना भन्दा बढी युवा आउने गरेका छन । भने हस्तलिखित राहदानि लिएका हरुपनि एमआरपि बनाउनका लागी त्यतिकै आउने गरेको जिल्ला प्रशासन कार्यालय मुगुको राहादानि फाँटको तथ्याङ्क अनुसार जिल्ला भरका ३हजार २ सय ३२ जनाले हस्तलिखित र एमआरपि पासपोर्ट लगेका छन भने आ.व ०७१।०७२मा ५ सय ९६ जनाकोर खन.व ०७२।०७३ फाल्गुन पहिलो हप्ता सम्म ३ सय ४६ जनाले रहेकोप्रमुख जिलला अधिकारी लक्ष्मि प्रशाद भट्टराईले बताए ।

पढेका सर्टिफिकेटहरुले कतै जागरि नपाएको र केहि ब्यापार ब्यबसाय गरौ भनै आफु संग आर्थिक नभएकाले बाध्यता भएर बिदेशिनु परेको आफु पनि केहि दिनमानै मलसिया जाने तरखरमा रहेको कार्किबाडा गाबिस वडा नम्बर ९ का मिन रावलले बताएका छन ।

बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा कोहि मर्दा पनि घाटमा लिने युवानै छैनन । कुनै बेला अन्नबालि भित्राए पछि कार्तिक मंसिर पुस तिर घर परिवार लाई लुगा प,ाटो जोहो गर्नका लागी दुई तिन महिना भारत तिर जाने गई खेति पाति गर्ने समयमा घर फर्कने युवा हरु अहिले बिदेशिन थाले पछि घरमा हलो जोत्ने सम्मा लोग्ने मान्छे नहुदा कसैले भिर पाखोको जग्गा बाँजो राख्नु पर्ने बाध्यात रहेको तुमा गाँउका चक्र रावल बताउछन ।
भिडीयो १,२,३ क्रमस १६ सम्म छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु