असोज २५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–१, पोक्लावाङमा हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलाको नाम जनप्रतिनिधिले परिवर्तन गरेको भन्दै यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–१, पोक्लावाङमा हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलाको नाम जनप्रतिनिधिले परिवर्तन गरेको भन्दै यह"/>

2026-09-07 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

‘पोक्लाबाङ लिम्बुवान मेला’को नाम परिवर्तन भएकोमा आपत्ति


असोज २५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–१, पोक्लावाङमा हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलाको नाम जनप्रतिनिधिले परिवर्तन गरेको भन्दै यहाँको पाँच दलीय प्रतिपक्षी गठबन्धनले आपत्ति जनाएको छ । 

गाउँपालिकाले मेला सन्चालनका लागि आर्थिक सहयोग गर्दै मेलाको ऐतिहासिक नाम परिवर्तन गरेर हस्तक्षेप गरेको गठबन्धनको भनाई छ । 

फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारस्थित सामुदायिक भवनमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, संघीय लिम्बुवान मन्च, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, र नेकपा माओवादीको संयुक्त गठबन्धनले ऐतिहासिक मेलाको नाम परिवर्तन नगरी मेला सन्चालन हुनुपर्ने माग गरेको छ । झण्डै अढाई दशक अघिदेखि नै लाग्दै आएको भनिएको मेलाको नाम पहिले महेन्द्र मेला थियो । 

अधिक मात्रामा लिम्बु समुदायको बसोबास रहेको फेदापमा त्यतिवेला चाडपर्वका बेला रातभर धान नाच्ने, हाक्पारे–पालाम गाउने, संगिनी बालन नाच्ने र फुटबल, भलिवल, छेलो जस्ता खेलहरु खेलेर मेला भरिन्थ्यो । 

०६२÷०६३ को जनआन्दोलन र लोकतन्त्र स्थापनापछि यहाँका राजनीतिक दल, स्थानीयबासी र सरोकारवालाहरुले मेलाको नाम परिवर्तन गरेर ‘पोक्लाबाङ लिम्बुवान मेला’ नामाकरण गरेका थिए । 

तत्कालिन गाउँ पन्चायत हुँदै गाउँ विकास समितिको आर्थिक सहयोग र स्थानीयबासीले चन्दा संकलन गरेरै मेलाका लागि आयोजकले खर्च जुटाउँथे । त्यसयता मायुहाङ युवा क्लब, भगवती युवा क्लब लगायत विभिन्न संघ संस्थाले मेला सन्चालनका लागि नेतृत्व गरे । तर पनि मेला सबैको साझा उत्सवको रुपमा परिचित थियो । 

दुई वर्षयता पोक्लाबाङ बजारमा रहेका व्यापारीहरुको संस्था पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिले मेला सन्चालन गर्दै आएको छ । यो वर्षपनि समितिले गाउँपालिकाको डेढ लाख रुपैयाँ आर्थिक सहयोगमा १ लाख रुपैयाँ राशीको फुटबल प्रतियोगिता सहित भलिबल र नृत्य प्रतियोगिता हुनेगरी मेला आयोजना गरेको छ । 

गाउँपालिकाको पहिलो गाउँ परिषदबाट बजेट विनियोजन गर्दा मेलाको नाम पनि फेदाप मेला राख्नेगरी निर्णय गरेको थियो । 

२८ असोजबाट मेला सुरु हुनेगरी आयोजकले सूचित गरेको छ । तर शक्तिको भरमा मेलाको ऐतिहासिक पहिचान नै मेटिने गरी जनप्रतिनिधिले गरेको एकलौटी निर्णय मान्य नहुने प्रतिपक्षी गठबन्धनको भनाइ छ । 

पत्रकार सम्मेलनमा गठबन्धनका अध्यक्ष दुर्गा निङ्लेकुले मेलाको ऐतिहासिक नाम ‘पोक्लाबाङ लिम्बुवान मेला’ लाई ‘फेदाप मेला’ को रुपमा परिबर्तन गरेर अस्तित्व नै मेटाउन खोजेको भन्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरे ।

सो गठबन्धनले मेलाको नाम परिवर्तन नगरी मेला सन्चालन गर्न आग्रह गर्दै गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धितलाई ज्ञापन पत्र समेत बुझाएको छ । 

गठबन्धनले आफुहरुको मागलाई वेवास्ता गरेर आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ । ज्ञापन पत्रमार्फत आफुहरुको माग सुनुवाई नभए सोही समयमा अर्को मेला सन्चालन गर्ने गठबन्धनले चेतावनी दिएको छ । 

‘गाउँपालिकाले बजेट खर्च गर्दैमा यहाँको ऐतिहासिक पहिचान मेटाउन मिल्दैनँ,’ कांग्रेस फेदाप सचिव सहविर बुढाथोकीले भने, ‘मेला लगाइनुपर्छ, तर नाम पुरानै हुनुपर्छ, नत्र हामी अर्को मेला आयोजना गर्न तयार छौँ ।’ पत्रकार सम्मेलनमा बोल्दै मायुहाङ युवा क्लबका पुर्वअध्यक्ष सुजन कुरुम्बाङ, संघीय समाजवादी फोरमका गंगा कुरुम्बाङ, लिम्बुवान मन्चका छत्र निङ्केकु, नयाँ शक्ति नेपालका दिल कुरुम्बाङ लगायतले नाम सच्याउने विषयलाई वेवास्ता गरे आईपर्ने समस्याको जिम्मेवारी मेला आयोजक समिति हुनुपर्ने चेतावनी दिएका छन् । गठबन्धनले मेलाको नाम फेदाप पोक्लाबाङ लिम्बुवान मेला राख्न सकिने विकल्प समेत दिएको छ ।

‘विगतमा पोक्लाबाङ लिम्बुवान मेला लाग्दा सबैको साझा मेला भएकै हो,’ पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका सचिव बलिन्द्र तामाङले भने, ‘अहिले पनि सोही नामले मेला लगाऔँ भन्दा राजनीतिक शक्तिको आडमा परिवर्तन गर्न खोजियो, यो मान्य छैन ।’  गठबन्धनले जनप्रतिनिधीहरुले लिम्बुवानलाई जातियतासंग जोडर मेलाको ऐतिहासिक नाम परिवर्तन गर्नु गलत बुझाई भएको भनेको छ । 

यता गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले भने हालै सम्पन्न परिषद्मा सबै जनप्रतिनिधीहरुको राय सल्लाहमा मेलाको नाम फेदाप मात्र राख्ने निर्णय भएको बताए । उनले सबै वडाका जनप्रतिनिधीहरुको सल्लाह अनुसार नाम परिबर्तन गरिएकोले फेदापको समृद्धिकालागि नाममा वार्गेनिङ नगरि सहमतिमा आउन गठबन्धनलाई आग्रह समेत गरे ।

मेला आयोजक पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका अध्यक्ष चिरीन्जिवी खनालले मेलाको नामसँग जोडेर राजनीति भएको भन्दै त्यसो नगर्न आग्रह गरे । उनले तोकिएकै सकेसम्म सहमतिबाटै मेला सन्चालन हुने बताए । 

दुई पक्षको विवादका कारण मेला सन्चालनमा सुरक्षा चुनौती हुने देखिएपनि यसबारे सुरक्षा निकायले भने कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित