२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तीनजुरे तेह्रथुमकै नमुना सामुदायिक सिकाई केन्द्र

२०७४, २६ आश्विन बिहीबार ११:०३

प्रकाश धौलाकोटी | असोज २६, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाई केन्द्रलाई जिल्लाकै नमुना सिकाई केन्द्र बनाउने अभियान सुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३/७४ बाट सिकाई केन्द्रलाई जिल्लाकै नमुना बनाउने अभियान थालेको हो । 

सो सिकाई केन्द्रलाई अन्य केन्द्रहरुको तुलनामा प्राविधिक उपकरण, पुस्तकालय, फर्निचर व्यवस्थापन लगायत सुविधा थप गरी नमुना सिकाई केन्द्र बनाउन थालिएकोे जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताए । कार्यालयले सो सिकाई केन्द्रका लागि पहिलो वर्ष ८ लाख रुपैयाँ उपलब्ध गराएको छ । 

सो बजेटबाट अहिले दुई थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, स्क्यानर, प्रोजेक्टर, फर्निचर, कुर्सी, दराज, कार्यालय व्यवस्थापन तथा पुस्तकालय व्यवस्थापन गरिएको तीनजुरे सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विपीन निङलेकुले बताए । अभियान अन्तर्गत नै सिकाई केन्द्रले जिल्लामा रहेका धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुको पहिचानलाई प्रकाशनमा ल्याएर प्रचार प्रसारमा समेत भूमिका खेल्नेछ । 

अहिले केन्द्रले सन्चालन गरेको पुस्तकालयमा राजनीति, विज्ञान, भुगोल, साहित्य लगायत विविध क्षेत्रका ज्ञानवद्र्धक पाँच सय पुस्तकहरु रहेको अध्यक्ष निङलेकुले बताए । नमुना सिकाई केन्द्र बनेपछि यहाँका बासिन्दाले एकै ठाउँबाट इमेल, इन्टरनेट र पुस्तकालयको सुविधा पाउने भएका छन् । यसले ढल्कँदो पठन संस्कारलाई जोगाउन सहज हुने स्थानीयबासीको बुझाई छ ।

जिल्लामा हाल २१ वटा सामुदायिक सिकाई केन्द्रहरु सन्चालनमा रहेका छन् । ती सिकाई केन्द्रहरुमार्फत अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत निरन्तर शिक्षा अभियान सन्चालन भइरहेको छ । ती सिकाई केन्द्रहरुले सन्चालन अनुदान स्वरुप वार्षिक १ लाख रुपैयाँ पाउँछन् । भने प्रस्तावका आधारमा १ लाख ५० रुपैयाँ थप अनुदान समेत दिइने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सिकाई केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा पुरस्कृत समेत गरेको छ । सक्रान्तिबजारको डाँडागाउँ सामुदायिक सिकाई केन्द्र, सम्दुको सुनगाभा सामुदायिक सिकाई केन्द्र र फाक्चामाराको तमोर सामुदायिक सिकाई केन्द्रले जिल्लाकै उत्कृष्ट सामुदायिक सिकाई केन्द्रको रुपमा दुई–दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । फाक्चामाराको तमोर सामुदायिक सिकाई केन्द्र पुर्वान्चलकै तेस्रो समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन