असोज २७, पर्वत । जिल्लामा रहेका कतिपय स्थानीय तहले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको पाइदैन । मोदी गाउँपालिकाले त शिक्षा क्षेत्रमा शिक्षक कर्मचारीको तलब बाहेक अरु क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २७, पर्वत । जिल्लामा रहेका कतिपय स्थानीय तहले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको पाइदैन । मोदी गाउँपालिकाले त शिक्षा क्षेत्रमा शिक्षक कर्मचारीको तलब बाहेक अरु क"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतको महाशिला गाउँपालिकाका अध्यक्ष राजुको शिक्षाप्रति चाँसो

२७ आश्विन २०७४, शुक्रबार ०४:३३

असोज २७, पर्वत । जिल्लामा रहेका कतिपय स्थानीय तहले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको पाइदैन । मोदी गाउँपालिकाले त शिक्षा क्षेत्रमा शिक्षक कर्मचारीको तलब बाहेक अरु केहि पनि रकम विनियोजन गरेको छैन । शिक्षाको ज्योति र गुणस्तर विना मोदी गाउँपालिकालाई सुन्दर बनाउछु भन्ने मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललाई यो गतिलो जबाफ हुन सक्छ ।

विकासे योजनाको नाउमा सडक संजालमा रकम खर्च गरेर आफ्ना कार्यकर्ता पालनपोषण गर्ने र आफ्नो चुनावी खर्च उठाउने दाउमा रहेका जिल्लाका अधिकांश स्थानीय तहका प्रमुखहरुलाई महाशिला गाउँपालिकाले थालेको यो अभियानले पक्कै पनि थप्पड भने पारेकै छ । 

कुश्मा नगरपालिकामा त स्थानीय तहमा जनप्रतिनिधि चयन भएको एक सय भन्दा बढि दिन पुरा हुन समेत अझै नगरपरिषद गरेर नीति तथा कार्यक्रम सार्वजानिक गर्न नसकेर आफ्नो नालायकिपन र असक्षमता प्रदर्शन गरी सकेका छन् । 

महाशिला गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएपछि गाउँपालिका अध्यक्षले सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकार्षित गर्नको लागि निशुल्क खाजा खुवाउने अभियान शुरु गर्ने प्रतिबद्धता गरेका हुन् । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै विद्यार्थीलाई आकार्षित गराउनको लागि यो अभियान शुरु गरिएको हो । गाउँपालिकाले सबै सामुदायिक बिद्यालयमा १ देखि ३ कक्षा सम्म पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गरेको हो ।

गाउँपालिकाले गाउँ परिषद मार्फत बिद्यार्थीलाई दिवा खाजा खुवाउन बजेट समेत बिनियोजन गरेको छ । महासिला गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालय रहेका छन । गाउँपालिकाले बिद्यार्थी संख्खाका आधारमा सबै बिद्यालयलाई रकम निकासा गर्ने ब्यबस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । 

‘हरेक दिन प्रति बिद्यार्थी १० रुपैयाका दरमा खाजा दिने ब्यबस्था मिलाएका छौ’ अध्यक्ष पौडेलले भने ‘बिद्यार्थीको संख्या यकिन भएपछि सबै बिद्यालयमा यो लागु हुनेछ ।

दिवा खाजाको ब्यबस्था पछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने र बिद्यालय छाड्ने दर कम हुने बिश्वास लिइएको उनको तर्क छ । 

 ‘गाउँका सामुदायिक बिद्यालयमाा पढ्ने धेरै बालबालिकाले खाजा नल्याउने र बिद्यालयमा पुरै समय नबिताउने समस्या रहेका बेला बिद्यार्थी आकर्षित गर्न र शैक्षिक गुणस्तर समेत सुधार गर्न खाजा खुवाउने ब्यबस्था मिलाएको हो ।

सबै बिद्यालयमा अनिवार्य अंग्रेजी

अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी बिद्यालयमा छोरा छोरी पठाउने तथा बसाईसराई समेत बढेकोले सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निणर्य पनि गाउँपालिकाले गरेको छ ।

 आगामी शैक्षिकसत्र देखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराईने भएको छ भने त्यसका लागि बिद्यालयका शिक्षकहरुलाई बिहान ८ बजे देखि १० बजे सम्म तालिम दिने ब्यबस्था पनि मिलाइएको अध्यक्ष पौडेलले बताए ।

 तालिम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिबिपन्न बिद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरि बजेट समेत ब्यबस्था मिलाएको छ । शिक्षामा गुणस्तर बढाउन बिद्यार्थीका लागि गृहकार्य डायरी, शिक्षकले अनिवार्यमा रुपमा पाठयोजना बनाएर पढाउनुपर्ने ब्यबस्था पनि गरिएको छ । 

पाठ योजना बनाएर नपढाउने शिक्षकलाई काबार्ही गर्ने अध्यक्ष पौडेलले बताए । त्रैमासिक र अर्धबार्षिक परिक्षा लिने ब्यबस्था पनि मिलाइएको छ । बिद्यार्थीका उत्तरपुस्तिका अभिभावकलाई पठाउने निर्णय समेत भएको छ । यसको शुरुवात गोल्र्याङ्गधाम आधारभूत बिद्यालयले शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन