फलेवास ७ लिमिठानाकी स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फलेवास ७ लिमिठानाकी स"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा नागरिता बनाउन गएकी महिलालाई दुर्व्याबहार, ३ हजार घुषको आरोप

२७ आश्विन २०७४, शुक्रबार ०८:०२

असोज २७, पर्वत । फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मीले महिला सेवाग्राहीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । 

फलेवास ७ लिमिठानाकी सरिता पाण्डेलाई वडा अध्यक्षले  गालीगलौज र हातपात गरेका हुन् । पाण्डेका अनुसार नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए ।

सरिता पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफारिस गर्न पुगेकी थिईन । ‘वहिनी सविना रेग्मीको नागरिकता आगोले जलेको थियो, नागरिकता भित्र पानी पसेर अक्षर समेत बुझिएको थिएन, उनले भनिन, ‘मैलै वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु पर्यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो ' पीडित पाण्डेले भनिन् – 'मैले गुहार पनि मागेकी हुँ' । ‘वडाध्यक्षले गलत्यार निकालेपछि सचिवसंग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस खुवाएर उनले सिफारिस वनाएको जानकारी दिएकी छिन् ।

‘सचिव रामवहादुर परियारले ३ हजार रुपैयाँ मागेको पिडितको गुनासो छ । सचिवले तपाईको काम हुन्छ चिया खर्च दिनुपर्यो भन्नुभयो’ । मैले ३ हजार रुपैयाँ झिकेर दिँए सविनाले भनिन् । तर गाविस सचिवले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हा, त्यस वाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाहि भोग्न तयार छु ।

वडा अध्यक्ष हरिरामले भने  नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेको र उनले विवाद वढाएको वताए । नागरिकता ऐनमा नागरिकताको विवरण संसोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संसोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ति महिला सन्किएर अनेकन आरोप लगाएको रेग्मीले वताए । उहाँले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर ल्याउनु भएको रैछ । आफै सच्चाएर बनाएकी रैछिन । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो । सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने । 

माथिको तश्विरमा: फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन