२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा १५ को महिला संघमा लामा

२८ आश्विन २०७४, शनिबार १५:५५

असोज २८, हेटौंडा | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मिना लामा चयन हुनुभएको छ ।

नेपाल महिला संघ साविक हेटौंडा १८ की अध्यक्ष दुर्गा ढकालको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शनिवार दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा महिला संघको भेला भएको थियो ।

भेलाले उपाध्यक्षद्वयमा देवि मिश्र र दुर्गा ढकाल, सचिव लक्ष्मी तितुङ, कोषाध्यक्ष सरिता दोङ, सहसचिव तिर्थमाया तितुङलगायत २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा अथितिहरु हेटौंडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि बमबहादुर थिङ, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, हेटौंडा १५ का नवनिर्वाचित वडा अध्यक्ष एवं काँग्रेसका वडा सभापति महारत्न लामा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, जिल्ला सदस्य प्रमिला खतिवडा, नगर सभापति लक्ष्मी गौतम, समाजसेवी गोविन्द भ्लोन, गणेश भ्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य