२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

२०७४, ३० आश्विन सोमबार ११:२४

असोज ३०, खोटाङ (रासस) | चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । 

विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबर्जस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कटवालविरुद्ध पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

“पक्राउ परेका कटवालले घटनाबारे स्वीकारिसकेका छन्” उहाँले भन्नुभयो, “हिरासतमा राखिएका कटवालविरुद्ध जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।” 

जिल्लाका उत्तरी क्षेत्रकी पीडित बालिकाको आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । 

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौ दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् । 

पीडित बालिकाको छिमेकी एक महिलाले ललाइफकाई कटवालसँग सम्पर्क गराइदिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो । 

जबर्जस्ती करणी गर्नेलाई छदेखि १० वर्ष, अपहरण तथा शरीर बन्धक बनाउनेलाई सातदेखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने व्यवस्था छ । नाबालिका भएको हकमा थप दुई वर्ष कैदसँगै क्षतिपूर्तिसमेत भराउने व्यवस्था रहेको प्रनानी यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित