१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सवारी चापले सडक अस्तब्यस्त

३१ आश्विन २०७४, मंगलवार १२:२७

सागर शर्मा | असोज ३१, प्युठान | प्युठान भालुबाङ सडक खण्ड अन्तर्गतका  मुख्य बजार क्षेत्रमा सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राजमार्ग भएर दैनिक सयौं ओहोरदोहर गर्ने सवारी सातायता दोब्बर भएपछि व्यवस्थापन गर्न समस्या भएको हो ।

पछिल्लो समय नौवहिनी गाउपालिकाको फोप्ली लुप्लुङबाट   चुनढुङ्गा निकासी  गर्नसमेत यहि सडक प्रयोग हुने गरेको छ । त्यसैगरी राजमार्गको मुख्य क्षेत्रबाटै सयौंको संख्यामा गुड्ने म्याजिक, जिप र बस तथा ट्रक जस्ता ठूला सवारीले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । साघुरो सडक र सवारिसाधनको चापका  कारण यो सडकमा दुर्घट्नाको जोखिम समेत बढ्दै गएको छ ।


मुख्य सडक नै व्यवस्थित नहुँदा बिजुवार बाग्दुला लगायतका  बजार सवारिको चापले अस्तब्यस्त हुने गरेको हो । मित्रमणी चोक देखि प्रहरी चौकी सम्म धेरै सवारी जाम हुने गरेको छ । जनशक्ती अभावले  ट्राफिक ब्यबस्थापन हुन नसकेको जिल्ला ट्राफिक प्रहरिकार्यालय देविस्थानका प्रमुख छबिलाल ढकालले बताए। जिल्लाभर जम्मा आठ जना ट्राफिक प्रहरिले ट्राफिक ब्यबस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।सडक ऐन अनुसार सडकको दायाँ बायाँ १५ र १५ मिटर फराकिलो हुनुपर्नेमा यहाँ निकै सांघुरो छ । त्यसैले पनि सडक अस्तब्यस्त हुने गरेको प्रहरी बताउँछ ।

‘बिजुवार बजारमा सवारी चापले हिँड्नै सकिँदैन,’ एक स्थानीयले भने, ‘एउटा ट्राफिक प्रहरीले

सिटी फुक्दैमा समस्या समाधान हुन सक्दैन ।’ समस्या सामाधान गर्न सरोकारवालाले ध्यान दिन पर्यो । त्यसैले यहाँका राजनीतिक दल, व्यापारी, विद्यार्थी, बुद्धिजीवी सबैले सहयोग गरे ट्राफिक व्यवस्थापन गर्न समस्या नहुने उनले बताए । बिशेष गरेर चाडपर्वको समयमा व्यस्त रहने बजारमा सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन