चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी ग"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जिल्लाको उत्तरी क्षेत्रमा सिडिएमए, नमस्ते फोनमा समस्यै–समस्या, हाकिमलाई हाई सन्चो

२०७४, ३१ आश्विन मंगलवार १२:४१

चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी गाउँपालिकाको वाक्सिलास्थित घिनुडाडाँमा रहेको स्काई र ऐसेलुखर्क गाउँपालिकाको झोलेडाडाँमा रहेको नमस्ते फोनको टावरले पुर्णरुपमा काम नगर्दा उत्तरी क्षेत्रका गाविसहरु सप्तेश्वर, वाक्सिला, सुङदेल, दिप्सुङ, राखावाङदेल, वासपानी, फेदी र खार्ताम्छाका लगभग १० हजार वासिन्दाहरु फोन तथा ईन्टरनेट सेवावाट वञ्चित हुनुपरेको छ ।

केपीलासगढी गाउँपालिकाको वाक्सिला घिनुडाडाँमा अवस्थित स्काई फोनको टावरमा सोलार प्यानल राखिएको छ । हुस्सु लाग्दा काम नगर्ने तथा साँझ भएपछि नेटवर्क नआउँने समस्या छ । ऐसेलुखर्कको झोलेडाडाँ रहेको नमस्ते फोनको पनि समस्या उस्तै छ । आशिंक रुपमा नेटवर्क आउँने र नेट नचल्ने, नेटवर्क भएपनि फोन नलाग्ने लागेता पनि १ मिनेट नभई कटिने समस्या छ ।

‘केपीलासगढी गाउँपालिकाभित्र पर्ने अति विकट दिप्सुङ र सुङदेलमा स्काई फोनको टावर नै आउँदैन, आउँने भनेको त्यही नमस्ते फोनको हो, त्यो पनि आंशिक रुपमा आउँने जाने हुंदा त्यस भेगका स्थानियहरु अन्धकारमा वस्न वाँध्य रहेका वाक्सिलाका स्थानीय कोशी कुमार राई बताए ।’

‘सदरमुकाम टाढा छ, टेलिकममा समस्या दर्साउँदा पनि काम नै गर्दैनन् हामी त, दिउँसै अन्धकारमा हुन्छौ । कसले त्यहाँका जनताका पिडा बुझिदिने, लौन हजुर सञ्चार माध्यमले केही गरिदिनुप¥र्याे । रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताउनुभयो ।’   

सञ्चारजस्तो अनि संवेदनशिल क्षेत्रमा व्यापक समस्या आईरहंदा टेलिकम केही गदैनन् नि ? भन्ने प्रश्नमा दुरसंञ्चार शाखा कार्यालय खोटाङका प्रमुख ज्योती नारायण चौधरीले ‘सो समस्या पहिले नै आफुकहाँ आएको र खोटाङ जिल्लाको विटिएस सेवा प्रणाली हेर्ने ओखलढुंगालाई अग्रीम जानकारी गराईसकेको र उनीहरुले अनुसन्धान गरेर काम अगाडी बढाउने बताए ।’ 

पछिल्लो अवस्थामा जिल्लाको टेलिफोनमा समेत समस्यै–समस्या हुने गरेको छ । दिक्क्तेलकै हकमा पनि कतीपय स्थानमा स्काई तथा नमस्ते फोनले काम गर्दैन । आवाज प्रष्ट नसुनिने, नेट नचलने समस्याले यसका उपभोक्ताहरु हैरान वनेका छन् । विशेषगरी दुरसंञ्चारले वितरण गरेका लेण्डलाईन फोनमा समस्या हुंदा एडिएसएल नेट नै नचल्ने गरेको छ । प्रशासनसहितले ताकेता गर्दा समेत जिल्लाका टेलिफोन समस्या सन्तोषजनक रुपमा हल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा