२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको गुरुकुलबाट दुई बालक बेपत्ता

२०७४, १ कार्तिक बुधबार ०६:०८

कात्तिक १, जितपुर, कपिलवस्तु (रासस) |यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् । 

जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । 

दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित हुनुभएको छ । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ । 

गुरुकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए । 

परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते