२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

२०७४, १ कार्तिक बुधबार ०७:४४

इमरान खान | कात्तिक १, कपिलबस्तु  | नेपालीहरुको दास्रो महान चाड पर्ब शुभदिपावली तिहारमा राति ९ बजे पछि देउसीभैली नखेल्न जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आग्रह गरेको छ । 


जिल्लाको शान्ति र सुरक्षालाई मध्यनजर गर्दै कपिलबस्तु प्रशासनले ९ बजे पश्चात देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । सभ्य र भव्य रुपमा दीपावली मनाउनु पर्ने भन्दै ९ बजेपछि नखेल्न कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आग्रह गरका छन । राति ९ बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । प्रशासनले पटाका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा समेत प्रतिबन्ध लगाएको छ । बिस्फोटक पदार्थहरुको ओसारपसार, बेचविखन र प्रयोग नगर्नु हुन तथा त्यस्तो कार्य गरेको पाईएमा कानून वमोजिम कडा कारवाही गरिने बताईएको छ । 

चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुने हुदाँ सर्वसाधारणलाई चनाखो हुनुपर्ने उल्लेख गर्दै घरमा धेरै रकम र गहना नराख्न प्रहरि नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । उनले सर्वसाधारणको सुरक्षाको लागि प्रहरी २४ घण्टा तैनाथ अवस्थामा रहेको कारण कसैलाई कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह पनि गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते