चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नुनथला युवा सेवा समाज नेपालको उद्घाटन, को–को छन् समाजमा !

२०७४, १ कार्तिक बुधबार १५:१९


चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज नेपाल’ नुनथलाको तिहार विशेष कार्यक्रमको आयोजनासंगै विधिवत रुपमा संस्थाको उद्घाटन गरिएको छ ।

कार्यक्रमका विशेष अतिथि तथा साविक नुनथला ९ का स्थानिय समाजसेवी विशाल गोम्देनले जालपा माविको प्राङगणमा संस्थाको व्यानर खोली संस्था उद्घाटन गरेका हुन । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेका युवायुवती, अभिभावक लक्षित विभिन्न शन्देसमुलक कार्यक्रम तथा विकास निर्माणमा टेवा पुर्याउने हेतुले सुरु गरिएको युवा समाजले गत कार्तिक ३० देखी साविक वडा स्तरिय पुरुष तथा महिला भलिवल, टेवल टेनिस र नृत्य प्रतियोगिता गराई बुधवार संस्था उद्घाटन गरेका हुन् ।

जालपा माविको प्राङगणमा सञ्चालन भएको साविक वडा स्तरिय भलिवलमा वडा नं २ धौलाङ प्रथम, वडा नं. १ महुरे दितिय र वडा नं. ७ खाम्ला तृतिय भएको थियो । टेवल टेनिसतर्फ हेम विक्रम राई पहिलो, उज्ज्वल राई दोस्रो, साईमान तामाङ तेस्रो भएका थिए । 

भलिवलका विजयी टिमले क्रमशः १५ केजी खशी, १० केजीको २ वटा कुखुरा भाले र ५ केजी कुखुरा भाले पाएका छन् । टेवल टेनिसका प्रथम, दितिय र तृतियले २ हजार, १५ सय र १ हजार नगद पाएका छन् । नृत्यमा सहभागी ७ टिमलाई दामासायी रुपमा प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष शुक्र तामाङले बताए । 

विजेता खेलाडी तथा नृत्याङगनालाई युवा तथा समाजसेवी विशाल गोम्देन र रुपाकोट हलेसी यातायात व्यवसायी संघका अध्यक्ष महेश तामाङ र वडाध्यक्ष भीम राईले तिहारको शुभकामना सहित पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा समापन भएको हो । 

को–को छन् समाजमा !

पुरानो कार्य समितीलाई भंग गर्दै नयाँ कार्य समिती निर्माण गरिएको नुनथला युवा सेवा समाजमा ११ सदस्य रहेको छ । समितकिो अध्यक्षमा शुक्र तामाङ, उपाध्यक्ष लक्ष्मण राई, सचिव जयन राई, सहसचिव हेम कुमार राई, कोषाध्यक्ष आरती राई, सह–कोषाध्यक्ष प्रमोद राई रहेका छन् । गत कार्तिक २६ गते वैधानिक रुपमा दर्ता भएको समाजको सदस्यहरुमा शुष्मा तामाङ, रचना राई, सुजता राई, नरेश मोक्तान र सुनिल राई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित