१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तिहारमा ‘सेलरोटी मनपर्ने परिकार हो’ प्रजिअ – एकदेव अधिकारी

२ कार्तिक २०७४, बिहीबार ०५:३८

चिसाङ शेर्पा | कात्तिक २, खोटाङ | ‘आफ्नो चार जना चेली मध्ये दिदि शान्ता भट्टराईसंग भाईटिका लगाउन नपाएको दश वर्ष वित्यो, भाईटिकाका दिन दिदिभाईको फोनमा कुरा भए पनि दुवैजना भक्कानिएर वोल्नै नसकिने हुन्छौ । भेट नभए नि फोनवाट कुरा गर्न दुवैजना ईच्छुक भईन्छ तर, भावुक भएर वोल्नै सकिन्न ।’ खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले फोनवाट दिदिसँगको तिहार पिडा सुनाए । 

धनकुटाको साविक गाविस चानुवाका स्थाई वासिन्दा अधिकारीले २०५५ सालदेखी निजामती कर्मचारीको जागिर खाएको विस वर्ष पुग्दासम्म अधिकांश तिहार आफ्नै कार्यालयको क्वाटरमा मनाएको याद गरे । विस वर्षको अन्तरालमा परिवारको साथमा तिहार मनाएको याद छैन दुखित मुद्रामा साझासवाललाई मनका कुरा पोखे ।


‘गतवर्ष काठमाण्डौमा भाईटिका वहिनीहरु कल्पना भट्टराई र ईन्दु पोखरेलका लगाएको थिए ।’ यसवर्ष पनि तिनै दुई वहिनीका हातवाट भाईटिका खोटाङको दिक्तेलमा जिल्ला प्रशासन कार्यालयको क्वाटरमा भाईटिका लगाउने योजना वनाएका खोटाङका सिडियोले, भावुक हुंदै घर, परिवार तेस्रोवर्ग झै भएको बताए ।

तिहारमा बारीभरी फुलेका मखमली, सयपत्री फुल, अर्गानिक खाध्यन्न, सेलरोटी, देउसे–भैलो, पुराना साथीसङगी सँगको भेटघाघ संम्झदा मनमा हुटहुटी चल्छ, अहिल्यै गाउँ जान मन हुन्छ । तर, कर्मले गाउँघर टाढा–टाढा वनाईदिएको छ  ।

‘२०४५ सालतिर धनकुटा चानुवामा आठ/नौ कक्षा स्कुल पढ्दा गाउँमा हाते टर्चलाईट भाडामा मागेर विस रुपैयाँको एभरेडी व्याट्री किनेर साँझदेखी विहान मिरमिरे हुंदासम्म देउसी भट्ट्याउँदा स्वर वसेकोे र घरैपिच्छे सेलरोटी खाएको रमाईलो क्षण स्मरण गर्दै उनले भने, त्यो वेला भट्ट्याएको पाँच रुपैयाँ थपेर ४५ रुपैयाँ पाएको थिए ।’

‘देउसी खेल्नेको ठ्याक्कै संख्या थाहा नभए पनि देउसी दान चांहि दुई सय पचास रुपैयाँ जम्मा भएको थियो । साथीले, पाँच रुपैयाँ लुकाएको रहेछ पछि थाहा भो, उनले थपे, त्यो वेला एक रुपौयाँदेखी पाँच रुपैयाँ देउसीको दान दिने गर्दथ्यो ।’ 

‘देउसी खेली पाएको त्यतिवेलाको ४५ रुपैयाँ अहिलेको पाँच सय जतिकै मान्यता थियो, महिना दिनसम्म देउसी खेलेर उठेको पैसाले चकलेट किनेर खाने गथ्र्यौ । तिहारमा सेलरोटी धेरै वन्थ्यो, धेरै खाने गर्दथे मेरो तिहारका परिकार मध्येमा सेलरोटी मनपर्ने परिकार हो ।’

‘त्यतिवेलाका देउसी भैलो मौलिक शैलीका हुन्थे, गाउँका पाकाहरुले लयमा भट्टयाउने, हामी गोलो घेरामा माया प्रेम, स्नेह र सदभाव स्परुप देउसी–देउसी…भनेर गुञ्जयमान गथ्र्यौ । तर ! अहिले तडकभडक तथा आर्थिक संकलनका रुपमा देउसी खेलिने गरेको उहाँको भनाई छ । पहिले र अहिलेको तिहारमा धेरै भिन्नता रहेको छ । पहिला तिहार सदभावका लागि मनाईने गरिन्थ्यो, अहिले देखावटी मौलिकता नभई रेडिमेट र कस्मेटिक तिहार भईसकेकोे उहाँको भनाई छ । अहिलेको तिहारमा मौलिकता लोप हुंदै गएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन