१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढि आवेदन

२ कार्तिक २०७४, बिहीबार १२:४०

चिसाङ शेर्पा | कात्तिक २, खोटाङ | आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा  म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढि आवेदन परेको छ ।

९ सय ८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकामा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए । मंसिर १० गते र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले असोज २५ गतदेखि ३० गतेसम्म म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेको थियो । प्राप्त आवेदनका आधारमा कार्तिक ५ गतेदेखि म्यादी प्रहरी छनौटका काम सुरु गरिने डिएसपी थापाले बताए । 

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । बिद्यार्थीदेखि भूतपुर्व सेना तथा प्रहरीसम्मले म्यादीका लागि आवेदन दिएका छन् । 

परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन