२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढि आवेदन

२०७४, २ कार्तिक बिहीबार १२:४०

चिसाङ शेर्पा | कात्तिक २, खोटाङ | आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा  म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढि आवेदन परेको छ ।

९ सय ८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकामा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए । मंसिर १० गते र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले असोज २५ गतदेखि ३० गतेसम्म म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेको थियो । प्राप्त आवेदनका आधारमा कार्तिक ५ गतेदेखि म्यादी प्रहरी छनौटका काम सुरु गरिने डिएसपी थापाले बताए । 

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । बिद्यार्थीदेखि भूतपुर्व सेना तथा प्रहरीसम्मले म्यादीका लागि आवेदन दिएका छन् । 

परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित