१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बिदामा बसेका कर्मचारी नफर्कदा अस्पतालको सेवा प्रभावित

८ कार्तिक २०७४, बुधबार १३:००

चिसाङ शेर्पा | कात्तिक ८, खोटाङ | बिदामा बसेका कर्मचारी काममा नफर्कँदा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरु काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका सेवा प्रभावित भएको हो ।

मंगलबार रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गते देखि कार्यालयमा हाजिर भएका छैनन् । यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दा समेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नबिन देबकोटाले बताए । 

सिवाकोटीले असोज १ गतेदेखि २४ गतेसम्मको विदा माग गरेको निबेदनमा उल्लेख छ तर, उनको निबेदनलाई कार्यालय प्रमुखले स्वीकृत गरेको देखिन्न । अन्तरंग सेवामा कार्यरत स्टाफनर्स सिता शाह बिदा सकिएको तिन दिन बित्दा सम्म कार्यालयमा नआएको पाइएको छ । स्वीपर समेत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । कतिपय कर्मचारी बिदा स्वीकृत नभए पनि कार्यालयमा हाजिर नहुने गरेको पाइएको मेयर रिजालले बताए । कर्मचारी बिदा सकिएको लामो समयसम्म उपस्थित नहुँदा अस्पतालको काम प्रभावित भएको पाइएको छ । रिजालले भने, ‘मैले हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको छु ।’ 

मेयर रिजाल नेतृत्वको टोलीले स्थायी तथा करार कर्मचारीको हाजिर पुस्तिका समेत निरिक्षण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए