२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बिदामा बसेका कर्मचारी नफर्कदा अस्पतालको सेवा प्रभावित

२०७४, ८ कार्तिक बुधबार १३:००

चिसाङ शेर्पा | कात्तिक ८, खोटाङ | बिदामा बसेका कर्मचारी काममा नफर्कँदा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरु काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका सेवा प्रभावित भएको हो ।

मंगलबार रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गते देखि कार्यालयमा हाजिर भएका छैनन् । यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दा समेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नबिन देबकोटाले बताए । 

सिवाकोटीले असोज १ गतेदेखि २४ गतेसम्मको विदा माग गरेको निबेदनमा उल्लेख छ तर, उनको निबेदनलाई कार्यालय प्रमुखले स्वीकृत गरेको देखिन्न । अन्तरंग सेवामा कार्यरत स्टाफनर्स सिता शाह बिदा सकिएको तिन दिन बित्दा सम्म कार्यालयमा नआएको पाइएको छ । स्वीपर समेत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । कतिपय कर्मचारी बिदा स्वीकृत नभए पनि कार्यालयमा हाजिर नहुने गरेको पाइएको मेयर रिजालले बताए । कर्मचारी बिदा सकिएको लामो समयसम्म उपस्थित नहुँदा अस्पतालको काम प्रभावित भएको पाइएको छ । रिजालले भने, ‘मैले हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको छु ।’ 

मेयर रिजाल नेतृत्वको टोलीले स्थायी तथा करार कर्मचारीको हाजिर पुस्तिका समेत निरिक्षण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित