चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता ज"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रेस युनियन खोटाङले प्रतिनिधि, प्रदेशसभा चुनावको निष्पक्ष रिपोर्टिङ गर्ने

९ कार्तिक २०७४, बिहीबार ०२:३३


चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधवार सदरमुकाम दिक्तेलस्थित हलेसी एफएमको कार्यालयमा वसेको युनियनको वैठकले आगामी मंसिर १० गते ३२ जिल्ला अन्तरगत खोटाङमा हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको रिपोर्टिङ निष्पक्ष गर्ने बताएको छ । 

युनियनका अध्यक्ष दिलिप खत्रीको अध्यक्षतामा वसेको वैठकले स्थानिय चुनावमा भौगोलिक विकटता, सञ्चारका साधन टेलिफोनको असुविधाले भोग्नुपरेको समस्यालाई समिक्षा गर्दै यसपटकको चुनावमा निर्वाचन कार्यालयका कर्मचारी, मतदान केन्द्र प्रमुख तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको सहायतावाट पलपलमा सत्यतथ्य सुचना प्रवाह गर्ने निर्णय गरेको छ । 

‘प्रेस स्वतन्त्रता सेनानी’ तथा खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले युनियनका पदाधिकारी तथा युनियन आवद्ध सदस्यहरुलाई कुनै राजनीतिक पार्टी, राजनीतिक व्यक्तिप्रति आग्रह तथा पुर्वाग्रह रहेर चुनावी गतिविधि सम्प्रेषण नगर्न समेत भनेको छ ।

खोटाङसहित ३२ जिल्लामा मंसिर १० गते निर्वाचन समापन भए पनि भोट मंसिर २१ गतेको दोस्रो चरणको चुनाव सकिएपछि मात्रै भोटिङ गणना हुने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए