२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको चुरेक्षेत्र दोहन भईरहँदा सम्बन्धित निकाय किन मौन ?

२०७४, ११ कार्तिक शनिबार १०:५६

सलिम अन्सारी/कात्तिक ११, प्यूठान । राज्य सँयन्त्रको बेवास्ताले दक्षिणी प्यूठानको चुरेक्षेत्र दोहन थालिएको छ । 

चुरे परिभाषित क्षेत्र सरुमारानी गाउँपालिका २ ददेरी स्थित चुरेभेगमा ढुगाँ खोतलेर तस्करी गरिने गरिएको हो । स्थानीयका अनुसार ददेरीस्थित राप्ती नदिबाट निकालिएको गिटी बालुवा र ढुगाँ मुख्य सडकबाटै पूर्वपश्चिम राजमार्गमा निकालिने गरिएको छ । 

त्यसै गरि दर्भान र ददेरीबाट दर्भान भालुवागँ सडकखण्ड हुँदै ढुगाँ निकासी हुने गरेको हो । स्थानीय टृयाक्टर धनी र गिरोहको मिलेमतोमा सरुमारानी स्थित राप्तीको चुरेभेग सखाप पार्न थालिएको हो । 

नदिबाट ल्याइएको ढुगाँ दर्भान ददेरी सडकखण्डका बिभिन्न स्थानमा जम्मा पारेर रातको समयमा मुख्य सडक हुँदै राजमार्ग कटाउने गरिएको एक बिश्वस्त श्रोतले बताएको हो। धेरै समय भैसक्यो चुरेको ढुगाँ निकाल्न थालिएको, श्रोत भन्छ चोरीको नदिजन्य पैदावार सजिलै निकासी हुने गरेको छ । दर्भान ददेरी सडकखण्डमा ठूलै परिमाणमा चुरेका ढुगाँ निकासीका लागि तयार पारेर राखिएको छ । 

यसरी जम्मा पारिएको ढुगाँ बाहिरी जिल्लामा निकासी हुदै आएको बताइन्छ । माफीयाहरुले दागँ र कपिलबस्तमा बिक्री गर्दै आएका हुन । सरुमारानी गाउँपालिकाको १ र २ नम्वर वडाका भूभाग चुरे पहाडमा पर्छ । 

चुरे क्षेत्रबाट जिल्ला बिकास समितीले ढुगाँ गिटी उत्खन्नलाइ प्रतिबन्ध लगायको छ । तर राज्य निकायको आँखा नपर्ने गरेका कारण यहाँको चुरेक्षेत्र दोहनका लागि गिरोहलाइ फाइदा पुगेको स्थानीय बताउँछन । सम्बन्धित निकायलाइ हामीले बारम्वार चुरेक्षेत्र दोहन भैरहेको बारे जानकारी गरायौ नाम नछाप्ने सर्तमा एक स्थानीय भन्छन चुरे सँरक्षण देखाउने दात जस्तो मात्र भएको छ । 


ती निकायबाट रोक्ने प्रयास नभएपछि ढुगाँ गिटि निकासी बढदै गएको छ । ढुगाँ निकासी गर्दा खोलामा बाटो टयाक्टर जाने बाटो बनिसकेको छ । नदि नै ढुगाँ बिहिन हुँदासम्म पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरे । यहाँ दैनिक दर्जनौ टयाक्टरले चुरेको ढुगाँ तथा गिटी बालुवा रातको समयमा दक्षिण तर्फ निकासी गरिरहेका छन । 

यता जिल्ला समन्वय समितीको कार्यालयले भने चरेक्षेत्रबाट नदिजन्य पैदावार उत्तखन्न गर्ने अनुमती कसैलाइ पनि नदिइएको बताएको छ। राजस्व शाखा प्रमुख यामलाल पोख्रेलले यस क्षेत्रको ढुगाँ गिटी बालुवाको ठेक्का दिइएको भएपनि जिल्लाभित्रै खपत गर्नुपर्ने बताए। उनका अनुसार चुरे क्षेत्र बाहेकका ठाउँका लागि ठेक्का दिइएको हो । 

त्यो पनि जिल्ला बाहिर निकासी गर्ने अधिकार दिइएको छैन' उनले भने । आइइ प्रतिबेदन अनुसार क्षेत्र तोकेर ठेकेदारलाइ ढुगाँ उत्तखन्न गर्न अनुमती दिएका समेत उनले बताए । चुरे क्षेत्रबाट ढुगाँ, गिटी र बालुवा निकाल्ने कार्य अवैध भएको नायक सुव्वा पोख्रेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते