१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ई—रिक्सा, अटो रिक्सा र टेम्पो राजमार्ग तथा सदरमुकाम जोडने सडकमा चलाउन नपाईने

१२ कार्तिक २०७४, आईतवार १३:१४

इमरान खान/कात्तिक १२, कपिलवस्तु । कपिलबस्तु जिल्लामा पर्ने राजमार्ग र विभिन्न भित्रि सडक खण्डहरु समेतमा सञ्चालन हुँदै आएका ई—रिक्सा तथा अटो रिक्साहरु अबदेखि राजमार्ग तथा सदरमुकाम जोडने मुख्य सडक खण्डमा चलाउन नपाईने भएको छ । 

उक्त सडक खण्डहरुमा चलाउन नपाइने ब्यबस्था हुदाहुदै पनि कतिपय ब्यबहारिक समस्या तथा प्रहरीको आँखा छलेर यी सवारी साधनहरु चलाउदै आएपनि अबोप्रान्त पूर्ण रुपमा निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले जानकारी गराएको छ । 


मिति २०७४ ।०७ । ११ गते जिल्लाको शिवनगर नगरपालिका क्षेत्रमा सञ्चालित शिबगडी ई—रिक्सा समिति, शिवराज अटोरिक्सा समिति, बाणगंगा नगरपालिका क्षेत्रमा सञ्चालित बाणगंगा अटोरिक्सा समिति, न्यु लुम्बिनी  ई—रिक्सा समितिका प्रमुख तथा पदाधिकारीहरु र कपिलबस्तु नगरपालिका क्षेत्र, बुद्धभूमि नगरपालिका क्षेत्रभित्र सञ्चालित ई—रिक्सा तथा टेम्पो ब्यबसायी तथा चालकहरु समेत ५५ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको सभाहलमा भेला जम्मा गरि कार्यालय प्रमुख प्र.नि.अमर बहादुर कार्कीले राजमार्ग तथा सदरमुकाम जाने मुख्य सडक खण्ड प्रयोग नगर्नु पर्ने कारण स्पष्ट पार्दै अटेर गरे प्रचलित कानुन नियमानुसारको कारवाही गरिने जानकारी गराउनु भयो ।

 सो अबसरमा प्र. नि. कार्कीले सवारी धनि तथा चालकहरुले सवारी सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराहरु उल्लेख गर्दै सबै सचेत रही दुर्घटना न्यूनिकरण कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।  

कार्यक्रममा सहभागी विभिन्न ब्यबसायी समितिका पदाधिकारी,ब्यबसायी तथा चालकहरुले राजमार्ग तथा मुख्य सडक खण्डमा ई—रिक्सा तथा टेम्पो चलाउन नपाउने ब्यबस्था आफ्नो लागि पिडादायी र मार्मिक रहेपनि राज्यद्वारा निर्देशित नियम कानूनको सम्मान गर्दै पालना गर्ने तर्फ सजग रही ट्राफिक प्रहरीको कामकारवाहीमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै परिस्थिति जन्य अबस्थामा ब्यबहारिक भै दिन ट्राफिक प्रहरीलाई अनुरोध समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर