१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राजनीति प्रभाव पर्दैन: खनाल

१९ चैत्र २०७२, शुक्रबार ०३:२२

प्रकाश धौलाकोटी/ चैत १८, तेह्रथुम । सत्य निरुपण तथा मेलमिलाप आयोगले विहीबार तेह्रथुमका द्धन्द्धपिडित, राजनीतिक दल, नागरिक समाज, सन्चारकर्मी र सरकारी कर्मचारीहरुसँगको छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बोल्दै आयोगका सदस्य वरिष्ठ अधिवक्ता लिला उदासी खनालले आयोगको काम कारवाहीमा कुनै राजनीतिक प्रभाव हुन नदिने बताएका छन् । उनले आफुहरु राजनीति गर्न आयोगमा आएको नभई वास्तविक पिडितहरुको न्यायकालागि छानविन, खोज अनुसन्धान र न्यायिक पहुँचमा पुर्याउनकालागि आएको दाबी गरे ।

यदि कसैलाई राजनीति गर्नुपर्ने भए आयोगमा नभई राजनीतिक पार्टीमा जानुपर्ने समेत उनले बताए । काम गर्न निकै कठिन भएपनि सर्वश्रेष्ठ नेपाली नागरिक र पिडितहरुको साथ पाए आफुहरुले वास्तविक पिडितहरुलाई न्याय दिलाएरै छाड्ने उनले दाबी गरे ।

संसारका धेरै देशमा यस्ता आयोग बनेका छन्, उनले भने–तर धेरै देशका आयोगहरु सफल बनेका छैनन् हामीपनि यस विषयमा सतर्क भएर काम गरिरहेका छौँ, सबैको साथ मिले हामी यो काम गर्न सक्छाँै ।

खनालले देशका ६० बढी जिल्लामा छलफल र सल्लाह सुझाव संकलन गरिसक्दा धेरै जिल्लाका द्धन्द्धपिडितले सरकारले दिने भनेको १० लाख रुपैयाँ राहत रकम एकमुष्ट दिने माग गरेको बताए ।

कार्यक्रममा द्धन्द्धका क्रममा भएका विभिन्न घटना, आयोगका काम कर्तव्य र क्षेत्राधिकारबारे उठेका प्रश्नहरुको आयोगका सदस्य खनालले जवाफ दिएका थिए । सहभागीले उतिवेला घटेका धेरै घटनाको प्रमाण अहिले नभेटिने भएकाले विना प्रमाण पिडितले न्याय पाउने अवस्था खासै नदेखिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता