२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु

१३ कार्तिक २०७४, सोमबार १०:०२

चिसाङ शेर्पा/कात्तिक १३, खोटाङ । खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु गरिने भएको छ । 

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले आफ्नो पुरानो कार्यसमितिलाई पुर्नगठन गर्दै जिल्लामा सुर्तीजन्य गतिविधिलाई कडाईका साथमा निर्मुलन गर्ने जनाएको छ । 

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको संयुक्त आयोजनामा २०७१ सालमा गठन भएको सञ्जाललाई (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र) रेस्फेकको पहलमा सोमबार दिक्क्तेलस्थित थ्रिव्रर्दश होटलमा गरिएको एक दिने अभिमुखीकरण कार्यक्रम जिल्लाका हरेक स्थानमा हुने सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्न लाग्ने बताएको  छ । दिलिप खत्रीको अध्यक्षतामा पुर्नगठित १३ नयाँ कार्य समिति गठनले यस्तो निर्णय गरेको हो । 


समितीको उपाध्यक्षमा अनिल आचार्य, सचिव रमेश पोखरेल, सह–सचिव रमेश राई तथा लोकमाया थापा कोषाध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । समितीको सदस्यहरुमा कृष्ण आचार्य, गजेन्द्र राई, भवानी प्रसाद आचार्य, शान्ता राई, मनिषा गिरी, चिसाङ शेर्पा, शर्मिला विक र सुनिता राई रहेका छन् । सञ्जालका पदाधिकारीहरु जिल्लामा क्रियाशिल १३ गैर सरकारी संस्थाका सदस्य तथा पदाधिकारीहरु हुन् ।

सरकारी स्वास्थ्य संस्थावाट उपलब्ध हुने आमा स्वास्थ्य सुरक्षा सेवा र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई खवरदारी गर्ने रेस्फेक (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र)को सहयतामा गठन भएको समितिले जिल्लामा सञ्चालित हरेक कार्यक्रममा १० मिनेट समय मागगरी सुर्तीजन्य विरोधी कार्यक्रम गर्नेे रेस्फेक प्रदेश नम्बर १ र २ का फिल्ड ईन्चार्ज मदनराज कट्वालले बताए । 

उनले भने ‘२०६८ सालमा कार्यन्यवन भएको सुर्तीजन्य विरोधी अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोटाङसहित ५८ जिल्लामा सुर्ती नियन्त्रणका लागि सञ्जालले कडा निगरानी गर्ने छ । 

निगरानी क्रममा भेटिएका सुर्तीजन्य गतिविधिलाई ‘स्वास्थ्य अधिकार वर्ष पुस्तक २०७२’ प्रकाशन गर्ने छौ ।’ सञ्जालले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको सहयोगमा सुर्तीजन्य गतिविधिलाई निर्मुलन गर्ने सञ्जालका अध्यक्ष दिलिप खत्रीले बताए । पुःर्नगठित सञ्जालको कार्यालय बहुआयमिक संरक्षण समाजको अस्पतालचोकस्थित कार्यालयसँगै राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो