२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु

२०७४, १३ कार्तिक सोमबार १०:०२

चिसाङ शेर्पा/कात्तिक १३, खोटाङ । खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु गरिने भएको छ । 

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले आफ्नो पुरानो कार्यसमितिलाई पुर्नगठन गर्दै जिल्लामा सुर्तीजन्य गतिविधिलाई कडाईका साथमा निर्मुलन गर्ने जनाएको छ । 

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको संयुक्त आयोजनामा २०७१ सालमा गठन भएको सञ्जाललाई (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र) रेस्फेकको पहलमा सोमबार दिक्क्तेलस्थित थ्रिव्रर्दश होटलमा गरिएको एक दिने अभिमुखीकरण कार्यक्रम जिल्लाका हरेक स्थानमा हुने सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्न लाग्ने बताएको  छ । दिलिप खत्रीको अध्यक्षतामा पुर्नगठित १३ नयाँ कार्य समिति गठनले यस्तो निर्णय गरेको हो । 


समितीको उपाध्यक्षमा अनिल आचार्य, सचिव रमेश पोखरेल, सह–सचिव रमेश राई तथा लोकमाया थापा कोषाध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । समितीको सदस्यहरुमा कृष्ण आचार्य, गजेन्द्र राई, भवानी प्रसाद आचार्य, शान्ता राई, मनिषा गिरी, चिसाङ शेर्पा, शर्मिला विक र सुनिता राई रहेका छन् । सञ्जालका पदाधिकारीहरु जिल्लामा क्रियाशिल १३ गैर सरकारी संस्थाका सदस्य तथा पदाधिकारीहरु हुन् ।

सरकारी स्वास्थ्य संस्थावाट उपलब्ध हुने आमा स्वास्थ्य सुरक्षा सेवा र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई खवरदारी गर्ने रेस्फेक (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र)को सहयतामा गठन भएको समितिले जिल्लामा सञ्चालित हरेक कार्यक्रममा १० मिनेट समय मागगरी सुर्तीजन्य विरोधी कार्यक्रम गर्नेे रेस्फेक प्रदेश नम्बर १ र २ का फिल्ड ईन्चार्ज मदनराज कट्वालले बताए । 

उनले भने ‘२०६८ सालमा कार्यन्यवन भएको सुर्तीजन्य विरोधी अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोटाङसहित ५८ जिल्लामा सुर्ती नियन्त्रणका लागि सञ्जालले कडा निगरानी गर्ने छ । 

निगरानी क्रममा भेटिएका सुर्तीजन्य गतिविधिलाई ‘स्वास्थ्य अधिकार वर्ष पुस्तक २०७२’ प्रकाशन गर्ने छौ ।’ सञ्जालले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको सहयोगमा सुर्तीजन्य गतिविधिलाई निर्मुलन गर्ने सञ्जालका अध्यक्ष दिलिप खत्रीले बताए । पुःर्नगठित सञ्जालको कार्यालय बहुआयमिक संरक्षण समाजको अस्पतालचोकस्थित कार्यालयसँगै राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा