पढ्न करिब 1 मिनेट लाग्छ

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । कर्नाली राजमार्गको कालिकोट खण्डमा पर्ने सुनारखोलामा बस दुर्घटना भएको छ ।

जुम्लाबाट काठमाडौं जादै गरेको ना.४ ख ६३७ नम्बरको यात्रुबाहक बस सोमबार दिउसो १ बजे दुर्घटना भएको हो । करिव ६० जना यात्रु सवार बस दुर्घटना हुदाँ तिन जना घाइते भएको अन्य यात्रु सकुशल रहेका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ । दुर्घटना परेका ३ जना यात्रुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार धिरेन्द्रबहादुर शाहीले जानकारी दिनु भएको छ ।