१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा मदिरा विरुद्ध आमाहरुको अभियान

१३ कार्तिक २०७४, सोमबार १५:४२

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । राम्रा काम गर्न धेरै लेखपढ् गर्नु पर्दैन भन्ने कुरा कालिकोटको कालिका गाउँपालिका वडा–५ सुकाटियाका महिलाहरूले साबित गरिरहेका छन् । 

राम्रोसँग लेखपढ समेत गर्न नजान्ने महिलाहरूले मदिराका कारण समाज भाँडिन थालेपछि मदिरा नियन्त्रण अभियान चलाएका हुन् । स्थानीय आमा समूहले मदिरा नियन्त्रण अभियान थालेपछि बिहानैदेखि मदिरा सेवन गर्ने बानी परेका पुरुषहरू ठाउँमा आउन थालेका छन् । खुलेर मदिरा सेवन गरि हो हल्ला गरे महिलाहरूको कार्वाहीमा परिने डरले पुरुषहरूले लुकिछिपी बाहेक मदिरा सेवन गर्न कम गरेको स्थानीय रामबहादुर शाहीले बताए । 

‘गाउँमा मदिरा सेवन गरे महिलाबाट कारवाही परिने डर छ’ उनले भने, ‘मदिरा सेवन गरे कारवाहीमा परिने डरले कसै कसैले लुकिछिपी मदिरा सेवन गर्ने गरेका छन् ।’


महिलाहरूले गाउँमै उत्पादन हुने अबैध मदिरा नियन्त्रण गरि नष्ट पारेपछि मदिरा बेचेर पैसा कमाउनेहरू पनि पाखा लाग्न थालेको वडा अध्यक्ष किसनबहादुर शाहीले बताए । ‘गाउँमा महिलाहरूले स्थानीय रुपमा उत्पादन हुने मदिरा नियन्त्रण अभियान थालेपछि मदिराको जथाभावी कारोबार गर्नेहरू पनि ठेगान लागेका छन’ उनले भने, ‘त्यसका लागि वडापालिका, प्रहरीले साथ दिएका छन् ।’

महिलाहरूकै सक्रियतामा शनिबार मात्र गाउँघरमै उत्पादन भएको ७ सय ५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको आमा समुहकी सदस्य मैयाकला शाहीले बताइन् । 

‘गाउँमा जताततै मदिरा पाइन थालेपछि समाजमा झै झगडा बढ्न थाल्यो’ उनले भनिन्, ‘विकृति बढ्दै गएपछि यसको नियन्त्रण अभियान थालेका छौं ।’ शाहीले मदिरा उत्पादन गर्ने र सेवन गर्ने जो कोहीलाई आमा समूहले छुट नदिने बताइन् ।

महिलाहरूले मदिरा नियन्त्रण अभियान थालेपछि गाउँ निकै शान्त रहन थालेको वडा अध्यक्ष शाहीले बताए । ‘पहिले गाउँमा मदिराका कारण झै–झगडा, होहल्ला निकै थियो’ उनले भने, ‘अहिले मदिरा नियन्त्रण गर्न महिलाहरू आफैले अभियान थालेपछि निकै शान्त छ ।’

आमा समुहका महिलाहरूले अहिले गाउँमा कसैले मदिरा उत्पादन गरेको खण्डमा, मदिरा खाएर होहल्ला गरेमा जरिवाना गर्ने, अटेर गरेमा प्रहरी बुझाउने अभियान थालिएको आमा समुहकी सदस्य नानसरा शाहीले   बताइन् । ‘कसैले घरेलु मदिरा उत्पादन गरेमा जरिवानाको समेत व्यवस्था गरेका छौं’ उनले भनिन्, ‘त्यसलाई अटेर गरेमा प्रहरीलाई समेत बुझाउने निर्णय गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर