१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ७८ प्रतिशत महिलाहरु अझै घरमै सुत्केरी गराउँदै

१४ कार्तिक २०७४, मंगलवार ११:१५

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । नेपालमा मातृ तथा नवजात शिशु मृत्युदर संख्या वार्षिक अनुमानित २ हजार तथा दिनमा ६ जनाको मृत्यु हुने तथ्यांक छ । 

रक्तश्राप, लामो व्यथा, संक्रमण, असुरक्षित गर्भपतनजस्ता समस्याले आमा मातृ तथा नवजात शिशुको मृत्यु हुने गरेको हो । मंगलवार दिक्तेलस्थित शुभदिन होटलमा भएको समुदायमा आधारित मातृ सुरक्षा चक्की वितरण तथा जिवन सुरक्षा कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

जिल्ला जन स्वास्थ्य कार्यालय खोटाङ र ओन हर्ट नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा २२ प्रतिशत स्वास्थ्य संस्था र ७८ प्रतिशत महिलाहरुले घरमै सुत्केरी गराउँने गरेकाले मातृ तथा नवजात शिशुको संख्यामा कमी नआएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताए ।


केसीका अनुसार, मातृ मृत्युदर अध्ययन ‘२००८ र २००९’ को मृत्युदर रेर्कडमा नेपालको परिप्रेक्ष्यमा वाटोमा १४, घरमा ४०, स्वास्थ्य संस्थामा ४१ र अन्यमा ५ प्रतिशत मातृ तथा नवजात शिशुको ज्यान जाने गरेको छ । खोटाङमा २०७३/०७४ मा ८ जनाको गर्भ र गर्भजन्य जटिल समस्यावाट मृत्यु भएको तथ्यांक छ ।  

सय जना गर्भवती महिलामा ४ जनामा कम्तीमा चारपटक गर्भ जाँच गराउँनु पर्ने चेतना भएका तथा प्रसुतीका लागि जिल्लामा ३४ स्थानमा मात्रै वर्थिङ सेन्टर रहेको छ । प्रसुतीका लागि ७९ वडामै वर्थिङ सेन्टर भएमा मातृ तथा नवजात शिशु मृत्युदर घटाउँन सकिने डा. केसीको भनाई छ । नेपालको हकमा ३२ जना गर्भवती महिला भए १ जनालाई जोखिम हुने आँकलन छ । 

खानेपानी गुणस्तर कार्ययोजना

कार्यक्रमकै, अवसरमा स्वास्थ्यका लागि खानेपानीका विषयमा पनि छलफल गरिएको थियो । खानेपानी गुणस्तर कार्ययोजना अन्तरगत जिल्लामा अहिले कती प्रतिशत पानी शुद्ध पिईरहेका तथा कती प्रतिशत पानी अशुद्ध पिईरहेका छन् त्यो तथ्यांक नै नभएको डा. केसीको भनाई छ । 

केसीले भने ‘जिल्लामा उपभोग गरिरहेका पानीहरु कती पिउनयोग्य छ त्यसको लेखाजोखा नै छैन ।’ जिल्लामा दुई उप– स्वास्थ्य चौकी, ७१ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र, १ जिल्ला अस्पताल, एक/एक सामुदायिक अस्पताल, सामुदायिक स्वास्थ्य ईकाइ र एक शहरी स्वास्थ्य केन्द्र रहेको खोटाङ्गमा अझैपनि धेरैले शुद्ध पानी नपिउने गरेको पाईएको छ ।

उमालेको पानी पिउने, बोतलमा पानी लगाई घाममा तताउने सोडिस विधी, पियुस लगाउने, फिल्टर बिधी तथा एक भुल्को उमालेर शद्ध पानी पिए लामो जिवन बिताउन सकिने र जिवन बिताउँन सरल हुने स्वास्थ्यर्मीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए