२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ७८ प्रतिशत महिलाहरु अझै घरमै सुत्केरी गराउँदै

२०७४, १४ कार्तिक मंगलवार ११:१५

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । नेपालमा मातृ तथा नवजात शिशु मृत्युदर संख्या वार्षिक अनुमानित २ हजार तथा दिनमा ६ जनाको मृत्यु हुने तथ्यांक छ । 

रक्तश्राप, लामो व्यथा, संक्रमण, असुरक्षित गर्भपतनजस्ता समस्याले आमा मातृ तथा नवजात शिशुको मृत्यु हुने गरेको हो । मंगलवार दिक्तेलस्थित शुभदिन होटलमा भएको समुदायमा आधारित मातृ सुरक्षा चक्की वितरण तथा जिवन सुरक्षा कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

जिल्ला जन स्वास्थ्य कार्यालय खोटाङ र ओन हर्ट नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा २२ प्रतिशत स्वास्थ्य संस्था र ७८ प्रतिशत महिलाहरुले घरमै सुत्केरी गराउँने गरेकाले मातृ तथा नवजात शिशुको संख्यामा कमी नआएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताए ।


केसीका अनुसार, मातृ मृत्युदर अध्ययन ‘२००८ र २००९’ को मृत्युदर रेर्कडमा नेपालको परिप्रेक्ष्यमा वाटोमा १४, घरमा ४०, स्वास्थ्य संस्थामा ४१ र अन्यमा ५ प्रतिशत मातृ तथा नवजात शिशुको ज्यान जाने गरेको छ । खोटाङमा २०७३/०७४ मा ८ जनाको गर्भ र गर्भजन्य जटिल समस्यावाट मृत्यु भएको तथ्यांक छ ।  

सय जना गर्भवती महिलामा ४ जनामा कम्तीमा चारपटक गर्भ जाँच गराउँनु पर्ने चेतना भएका तथा प्रसुतीका लागि जिल्लामा ३४ स्थानमा मात्रै वर्थिङ सेन्टर रहेको छ । प्रसुतीका लागि ७९ वडामै वर्थिङ सेन्टर भएमा मातृ तथा नवजात शिशु मृत्युदर घटाउँन सकिने डा. केसीको भनाई छ । नेपालको हकमा ३२ जना गर्भवती महिला भए १ जनालाई जोखिम हुने आँकलन छ । 

खानेपानी गुणस्तर कार्ययोजना

कार्यक्रमकै, अवसरमा स्वास्थ्यका लागि खानेपानीका विषयमा पनि छलफल गरिएको थियो । खानेपानी गुणस्तर कार्ययोजना अन्तरगत जिल्लामा अहिले कती प्रतिशत पानी शुद्ध पिईरहेका तथा कती प्रतिशत पानी अशुद्ध पिईरहेका छन् त्यो तथ्यांक नै नभएको डा. केसीको भनाई छ । 

केसीले भने ‘जिल्लामा उपभोग गरिरहेका पानीहरु कती पिउनयोग्य छ त्यसको लेखाजोखा नै छैन ।’ जिल्लामा दुई उप– स्वास्थ्य चौकी, ७१ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र, १ जिल्ला अस्पताल, एक/एक सामुदायिक अस्पताल, सामुदायिक स्वास्थ्य ईकाइ र एक शहरी स्वास्थ्य केन्द्र रहेको खोटाङ्गमा अझैपनि धेरैले शुद्ध पानी नपिउने गरेको पाईएको छ ।

उमालेको पानी पिउने, बोतलमा पानी लगाई घाममा तताउने सोडिस विधी, पियुस लगाउने, फिल्टर बिधी तथा एक भुल्को उमालेर शद्ध पानी पिए लामो जिवन बिताउन सकिने र जिवन बिताउँन सरल हुने स्वास्थ्यर्मीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित