२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बृहत यौनिकता शिक्षा सम्वन्धी अभिमुखिकरण गोष्ठी संञ्चालन

२०७४, १४ कार्तिक मंगलवार १२:५५

सम्राट सिंह/कात्तिक १४, धनगढी । बृहत यौनिकता शिक्षा सम्बन्धि सुदुर पश्चिमका ३ जिल्ला र मध्यपश्चिमको १ जिल्लाका क्रियाशिल पत्रकारहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । 

युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा किशोर किशोरी प्रजनन् स्वास्थ्य सम्वन्धि कलम चलाउन विषेश परामर्श भएको छ । यूएन एफपिए कार्यक्रम लागु भएका विभिन्न जिल्लाहरुमा बृहत्तर यौन शिक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रममा संचालन भए अनुसार सो जिल्लाका पत्रकारहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन भएको यूएन एफ पिएले जनाएको छ । 

कार्यक्रममा रुकुम, बैतडी, बझाड, बाजुरा र अछामका २० जना कृयासिल पत्रकारहरुको सहभागीता रहेको छ । धनगढीको दिनेश कटेजमा भएको उक्त कार्यक्रममा डाक्टर खेम बहादुर कार्की सहित स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार अतुल मिश्र र पदमराज जोशीले सेसन  लिएका थिए । 

ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा  किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा कार्यक्रममा जोड दिएको थियो  । 

यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा हत्या समेत भएकाले यसलाई मानविय आवश्यकताका आधारमा बुझि यसको असर र प्रभावबारे जानकारी दिनु पर्नेमा छलफल भएको थियो । 

साथै लिड्ग र लैगिकतामा  आधारित विभेद सहित  स्वास्थ्य समाचार भित्र यौन शिक्षा सम्वन्धिका समाचारहरु अझै खुलेर  नआएका हुदाँ युवाहरु लाई सचेत र सजग गर्ने खालका  यौन शिक्षा सम्वन्धी समाचारहरु लेख्नु पर्ने अवको आवश्यकता रहेको युएन एफपिएका क्षेत्रिय प्रमुख डिलिप पन्तले वताए  । युएनएफपियले  आर्थिक सहयोग गरि रहेका जिल्लामा किशोर किशोरी तथा यौन प्रजनन स्वास्थ्य सम्वन्धी विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन हुदै आएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी