१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

१५ कार्तिक २०७४, बुधबार ०४:२१

कात्तिक १५, पर्सा । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । 

वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो । 

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नम्बर ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो । 

उहाँले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको २०० मिटर पश्चिममा रहेको रातोबंगलामा छापामारी गर्दा सूचनाअनुसारकै प्रमाण फेला परेपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

पक्राउ परेका व्यक्तिले रकम ठग्नैका लागि म्यादी प्रहरीका लागि आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षणसमेत विभिन्न अस्पतालबाट गराइएको रिपोर्टसमेत फेला परेको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । 

पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र रु ३७ हजार १०० नगद बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनैजना आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए