१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाघको आक्रमणबाट घाइते केटोको मृत्यु

१५ कार्तिक २०७४, बुधबार ०७:१४

कात्तिक १५, चितवन । पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । 

बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । 

अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ । आफ्नो ज्यान समेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो । 

बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि गैँडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो । 

शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो । पिठ्यूँमा गम्भीर चोटसमेत थियो जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ । 

सौराहामा यसअघि बाढीले बगाएर उद्धार गरिएको र निकुञ्जको पश्चिम क्षेत्रमै भेटेर ल्याइएका दुईवटा गैँडाका केटा रहेको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट