२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कारागारमा पछुताउँदै गैंडा तस्कर

२०७४, १५ कार्तिक बुधबार ०७:४९

नारायण अधिकारी/कात्तिक १५, चितवन । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । 

दुई/चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा मार्न वन पसेकाको खाद्यान्न, लत्ताकपडा बोक्ने, बजारबाट खाद्यान्न वनसम्म पु¥याउने भरिया, गैंडा मार्न सहयोग गरेर पाएको पैसासँगै बसेर भोज खाने साथीभाइदेखि गैंडालाई गोली हान्ने, खाग काट्ने र बिक्री गर्नेसम्मका कुख्यात तस्कर यतिबेला कारागारमा सँगै छन् । 

भरतपुर कारागारमा मात्रै यो संख्या १२४ रहेको छ । जसमध्ये ठूलो संख्यामा अल्पसंख्यक चेपाङ समुदायका व्यक्ति रहेका छन् । कुल संख्यामध्ये ३६ जना चेपाङ नै रहेका छन् । त्यसो त एक दिन गाउँबाट खाद्यान्न बोकेर राप्तीको किनारसम्म पु¥याइदिनेदेखि २७ वटा गैडा मारेको स्वीकार्नेसम्मका व्यक्ति एउटै कारागारमा एउटै सजाय भोग्दैछन् । 

सँगै भोज मात्रै खाने, रासन पु¥याउँदा दुई हजार पाएकादेखि २७ वटा गैँंडाको खाग तस्करी गर्दा करोडौं कमाउने सबैको अवस्था भने एउटै छ । आर्थिकरुपमा तस्करीकै बेला सम्पन्न भए पनि जसरी पैसा आयो, उसैगरी नै गएको भनाइ उनीहरुको छ । 

चितवनको साविक कोराक गाविस–९ कालिखोलाका ३७ वर्षीय राजकुमार प्रजाले २७ वटा गैंँडा मारेर खाग बिक्री गरेको स्वीकारेका छन् । उनीमाथि १९ वटा मुद्दा छन् । सर्वाधिक खोजीको सूचीमा परेपछि नक्कली राहदानी बनाई मलेसिया पुगेका प्रजालाई त्यहीँबाट पक्राउ गरी यहाँ ल्याइएको हो । 

शुरुमा २०६० सालमा भरियाबाट तस्करी थालेका उनी एकाएक मुख्य नाइकेको भूमिकामा पुगेका थिए । भारी बोक्ने क्रममा दुई गैंडा मारेको बताउने उनी पछि मुख्य योजनाकार बनेपछि २५ गैंँडा मारेका स्वीकार्छन् । जसमध्ये २० वटा खाग काटेर बिक्री गरेको र पाँचवटा गैंडा गोली लागेपछि भागेको उनको स्वीकारेका छन् । 

भारी बोक्दा २०/२५ हजार कमाउने उनले समग्र योजना बुनेर गैंँडाको खास बिक्री गर्दा एउटै खागबाट २०/३० लाखसम्म कमाएको बताए । त्यसरी कमाएको पैसा अहिले उनीसँग बाँकी छैन । उनले भने “धेरै पैसा कमाएँ, तर जसरी आयो, उसैगरी गयो ।” भाग्ने, लुक्ने र मोजमस्तीमै सबै पैसा खर्च भएको उनले बताए । 

उनका ११ वर्षे छोरा र १३ वर्षे छोरी घरमा श्रीमतीसँगै छन् । उनको कारागार जीवन अझै १२ वर्ष ६ महिना बाँकी छ । उनले भने “जुन अपराध मैले जानी नजाने गरेँ, यसलाई पखाल्ने गरी जेल जीवनपछि समाज सेवामा लाग्नेछु ।” तस्करी गरेर उनले जति कुनै चेपाङले पैसा पाएनन् । “तर पाएर पनि मैले के गरेँ” उनले गुनासो गरे “यस्ता अपराधी कार्यमा कोही नलागोस् । अहिले पछुताउनु बाहेक मसँगै केही बाँकी रहेन ।” 

त्यसो त उनी मात्रै होइन, उनले पूरै इष्टमित्र र आफन्तलाई यो दलदलमा फसाएका छन् । उनका दाजु दलबहादुर र बलबहादुर यही कसुरमा सँगै कारागारमा छन् । भिनाजु रामचन्द्र, भान्जा वुद्धि, जेठान वीरबल, साला काजीमान पनि उनीसँगै कारागारमा छन् । 

यसमध्ये कतिपय भरिया छन् भने कतिपय गोली हान्ने ‘सुटर’ रहेका छन् । जसमध्येका भरिको मात्रै काम गरेका कोराकका वीरबल प्रजा दुई हजारको लोभमा फसेको बताउँछन् । 

दिनभर गाउँमा काम गर्दा एक सय ज्याला पाउनेमा गाउँबाट वनसम्म रासन पानी पु¥याउँदा दुई हजार पाउँछु भनेर लागेकै कारण अहिले १५ वर्ष कारागार जीवन बिताउनु परेको दुःखेसो गर्छन् । कसैको सामग्री बोक्दा होस् वा कसैसँगैसँगै बसेर भोज खाँदा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । 

उनले भने “मेरो जीवन त सकी नै हाल्यो, अरुको जीवन यस्तो नहोस् ।”दुर्लभ वन्यजन्तुको संरक्षणमा सबै जुट्नुपर्ने भन्दै उनले अपराध कर्ममा कोही पनि लाग्न नहुने बताए । “टाठाबाठाले अझै पनि हाम्रा गाउँका सोझासाझा फसाउन सक्छन्, तपाइँहरुले सन्देश प्रवाह गरिदिनु प¥यो” वीरबलको आग्रह छ । 

चालीस वर्षीय वीरबल २०६२ साउन ७ गतेदेखि भरतपुर कारागारमा छन् । १५ वर्ष जेल र एक लाख जरिवाना तोकिएका उनलाई अहिले एक लाख जरिवाना कसरी तिर्ने भन्ने चिन्ताले पनि सताएको छ । 

उनले भने “एक लाख तिर्नसक्ने अवस्था छैन, त्यसबापत थप चार वर्ष कारागार बन्नुपर्ने अवस्था छ ।” दुर्लभ एकसिंगे गैँंडाको खाग चोरी तस्करी गर्नेलाई अधिकतम् १५ वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । जसमध्ये जरिवाना तिर्न नसक्नेले थप चार वर्ष जेल जीवन बिताउनुपर्ने हुन्छ । 

कारागारमै दोस्रोपटक गैँंडा तस्करीमा परेका मकवानपुर बसामाडीका रामशरण विक पनि अहिले पछुताउमा छन् । अरुको भन्दा छुट्टै जीवनचर्या हाउभाउ देखाउने उनी गल्तीको प्रायश्चित गर्दै कारागार जीवन बिताइरहेका छन् । 

तीनवटा गैँंडा मारेर खाग बिक्री गरेको स्वीकार्ने उनले यही पैसाले काठमाडाँैंमा घर किने । तीनवटी श्रीमती भित्र्याए । गाडी चढेर सेनाको पोशाक लगाएर आफूलाई सेनाको मेजर भन्दै सेना र प्रहरी दुवैलाई छक्काएर खाग तस्करीमा संलग्न उनी अहिले जीवनको ठूलो पछुतोमा छन् । 

कमाएको पैसाले कान्छी श्रीमतीको नाममा काठमाडौँंमा किनेको घर अहिले बिक्री गरेर कान्छी श्रीमती सम्पर्कविहीन छन् । उनले पछुतो मान्दै भने “जसरी कमाएँ, यसैगरी गुम्यो, यस्तो अपराधिक कर्ममा कोही नलागोस् ।” 

पहिलोपटक पाँच वर्ष कारागार परेका उनी ४२ महिना कारागार बसेर छुटेका थिए । त्यसपछि उनी झन् सुरो तस्करका रुपमा प्रस्तुत भए, जसले तीन गैँंडा मात्रै मारेनन् उनीसँगै धेरैको जीवन बर्वादीमा पु¥याए । अहिले ४४ वर्षका उनी कारागारबाट निस्कँदा ५१ वर्षका हुनेछन् । त्यसपछिको जीवन तस्करी नियन्त्रण र गैंँडा संरक्षणमा लाग्ने उनको भनाइ छ । 

भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्ले सामान्य अपराधदेखि जघन्य अपराध गर्नेसम्म कारागारमा रहेको बताउँनुहुन्छ । अशिक्षा र गरिबीकै कारण आपराधिक कार्यमा लाग्नेको संख्या ठूलो रहेको भन्दै उहाँले अपराध गर्नु हुन्न भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो । 

दुर्लभ वन्यजन्तु चोरी शिकार गर्दा यो हदको कारबाही व्यहोर्नुपर्छ भन्ने सन्देश फैलाउन सके यस्ता कार्यमा कमी आउने उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल गैंँडा मारेर खाग तस्करीमा संलग्न एक सय जनाभन्दा बढी अझै फरार सूचीमा रहेको बताउनुहुन्छ । 

निकुञ्जले गैंडा संरक्षणका बारेमा गाउँगाउँमा जनचेतना फैलाउँदै आएको बताउँदै कँडेलले चेतना फैलाउने कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा