१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ९ जना कार्यालय प्रमुखसहित छड्केमा परे ११४ कर्मचारी

१५ कार्तिक २०७४, बुधबार १४:५२

कात्तिक १५, बझाङ | बझाङ जिल्लामा कार्यरत ९ जना सरकारी कार्यालयका प्रमुखसहित १ सय १४ जना कर्मचारी जिल्ला प्रशासन कार्यलयको छड्कोमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीसहितको टोलीले १५ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ सय १४ जना कर्मचारी अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । 

दसैँ तिहार बिदामा घर गएका कर्मचारी कार्यालयमा उपस्थित भए नभएको, कार्यालयको काम काजको बारेमा जानकारी लिन छड्के हान्दा नेपाल टेलिकमका प्रमुख शिब बहादुर केसी, जिल्ला शिक्षा कार्यालयका प्रमुख पदम राज जोशीसहित १३ जना कर्मचारी, जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अम्मर राज खत्रीसहित ७ जना कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तसहित ३४ जना कर्मचारी, चैनपुर ताक्लाकोट कार्यालयका प्रमुख दुर्गा प्रसादसहित ७ जना कर्मचारी, खानेपानी सरसफाई डिभिजन कार्यलयका प्रमुख सयन कुमार श्रेष्ठसहित ६ जना कर्मचारी अनुस्थित पाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 

यस्तै नापी कार्यालका प्रमुख शिबप्रसाद जोशीसहित ४ जना,  जिल्ला समन्वय समितिका कार्यालय प्रमुख नारायण प्रसाद पाण्डेसहित १९ जना,  महिला तथा बालबालिका कार्यालयका प्रमुख लिला घलेसहित २ जना कर्मचारी छड्केमा परेका हुन् । 

यस्तै जिल्ला वन कार्यालयका ८ जना, मालपोत कार्यालयका ३ जना, सिचाई विकास डिभिजन कार्यालयका २ जना, जिल्ला प्राविधिक कार्यालयका ४ जना, घरेलु विकास कार्यालयका १ जना,  जिल्ला भूसंरक्षण कार्यालयका ३ जना गरी ९ जना कार्यालय प्रमुख र १ सय ५ जना अन्य कर्मचारी लामो समयसम्म कार्यालयमा अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । सबै कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट