2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका शिक्षाविद् डा. डाँगीको निधनमा विद्यालय बन्द

कात्तिक १६, दाङ । शिक्षाविद् डा घनश्याम डाँगीको निधनको शोकमा आज दाङका निजी विद्यालय बन्दको आह्वान गरिएको छ । 

प्याब्सन र एनप्याब्सनले एक दिनका लागि शोकमा संस्थागत विद्यालय बन्द गरिएको हो । पहिलो पटक निजी क्षेत्रबाट बोर्डिङ स्कुल सञ्चालन गरेका शिक्षाविद् डा घनश्याम डाँगीको ६७ वर्षको उमेरमा बुधबार निधन भएको थियो । 

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा डाँगीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०३७ सालमा निजी लगानीमा दाङको तुलसीपुर क्षेत्रमा पहिलो पटक राप्ती विद्यालय मन्दिरको स्थापना गरी शिक्षामा लगानी लगाउनुभएका डाँगी प्याब्सन दाङको २०४७ सालमा संस्थापक अध्यक्षका रुपमा काम गर्नुभएको थियो । 

नेपाल संस्कृत विश्वविद्यालयबाट वादी समुदायको सामाजिक सांस्कृतिक अवस्था विषयमा पिएचडी गर्नु भएका डाँगी विभिन्न संघ, संस्था र शिक्षा क्षेत्रमा संलग्न रहँदै आउनुभएको थियो । 

डाँगीले नेपाल नेत्रज्योति संघमा २०४१ सालमा सचिव र २०५० सालदेखि २०७२ सालसम्म निरन्तर सभापतिको रुपमा काम गरी राप्ती आँखा अस्पतालको विकास र विस्तारमा योगदान पु¥याउनुभएको थियो । 

यसैबीच, शिक्षाविद् तथा समाजसेवी डाँगीको निधनप्रति विभिन्न संघ संस्था, शिक्षण संस्था र अधिकारकर्मीले दुःख व्यक्त गरेका छन् । स्व डाँगीको निधनले यस क्षेत्रको शिक्षा क्षेत्रमा अतुलनीय क्षति पुगेको ठहर गरिएको छ । 

यसैगरी, नेपाल नेत्रज्योति संघ, दाङले पनि संघमा लामो समय अस्पतालको विकासका लागि योगदान पु¥याउनु भएका डाँगीको निधन प्रति दुःख व्यक्त गरेको छ । संघका सभापति कृष्णकुमार गिरीले शोक विज्ञप्ति प्रकाशित गरी डाँगीको निधनले संघलाई ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ