१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अब कालिकोटमा पानी र बानीको खाचो – पूर्व सभासद कोइराला

१८ फाल्गुन २०७२, मंगलवार १३:३६

दलसि‌ह गिरी/ फागुन १८,कालिकोट । कालिकोट जिल्ला नेपालको आठौं कर्नालीको पहिलो खुला दिसा मुक्त क्षेत्र घोषणा भएको ३ बर्ष विति सक्दा पनि यसको प्रभावकारीता नभएकाले यसलाई प्रभावकारी गराउन पहिले पानी र बानीको आवश्यकता रहेको संविधान सभाका पूर्व सभासद नमराज कोइरलाले बताउनु भएको छ । उद्योग बाणिज्य संघ कालिकोटका निबर्तमान कार्यसमितिलाई विदाई तथा नयाँ निर्वाचित कार्य समितिलाई स्वागतका लागि उद्योग बाणिज्य संघ कालिकोटले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्व सभासद कोइरालाले यस्तो कुरा बताउनु भएको हो ।
kalikot sajhasabal
उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा आयोजित कार्यक्रमको विशेष अथिति समेत रहनु भएका कोइरालाले कालिकोट जिल्लालाई पूर्ण प्लाष्टिक रहित जिल्ला घोषणा गर्न विशेष अभियान थालनी गर्ने भनि जिल्ला विकास समितिको सर्वदलिय सर्वपक्षिय बैठकले समेत निर्णय गरिसके पनि यसको कार्यान्वयनको लागि जिम्मेवार निकायले कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकेको गनासो ब्यक्त गर्नु भएको छ । जिल्लाको सरसफाई अभियानलाई प्रभावकारी ढंगले अगाडी लैजान अब उद्योग बाणिज्य संघले विशेष अभियानको थालनी गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले उद्योग बाणिज्य संघको नयाँ निर्वाचित कार्यसमितिलाई कार्य सफलताको कामना दिदै जिल्लाको समग्र विकासको लागि उद्योग बाणिज्य संघले खेल्नुपर्ने भूमिकाबारे दृढ भएर लाग्न आग्रह गर्नु भएको छ । यसका लागि आफ्नो क्षेत्रबाट गर्न पर्ने सहयोगमा आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा निवर्तमान कार्य समितिका पदाधिकारीलाई दोसल्ला एवं प्रशंसा पत्र सहित विदाई गरिएको छ, भने विभिन्न क्षेत्रबाट उद्योग बाणिज्य संघलाई सहयोग गर्ने विभिन्न निकायका प्रतिनिधिलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा सबै राजनैतिक दलको तर्फबाट एमालेका युवा नेता नगेन्द्र शाही नेशलन, निबर्तमान कार्य समितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष भानुभक्त बराल, लगायतले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु