2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

झन्डै ५० करोड ठग्ने दम्पतीलाई जेल चलान

कात्तिक १६, पोखरा (रासस) | पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने दण्डपाणि शर्मा रु १५ लाख धरौटी बुझाइ छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 

उनीहरुले आफन्त र चिनेजानेका व्यक्तिसँग ठूलो रकम संकलन गरी गत भदौ १४ गते आफ्नो घरजग्गासमेत बिक्री गरी पोखराबाट फरार भएका थिए । 

प्रहरीले गत असोज १९ गते काठमाडौँमा लुकीछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको थियो । उनीहरुले सर्वसाधारणसँग झण्डै रु ५० करोड जति ठगेको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा