2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

वडाबाटै बृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

सुशीला रेग्मी/कात्तिक १७, पाल्पा । नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । 

रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको छ । 

बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्घभत्ता बुझ्दै आउनुभएका रामपुर नगरपालिका–४ का ९८ वर्षीय धनबहादुर श्रेष्ठ यस आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहाँले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धताअनुसार नै काम शुरु गरेकामा निकै खुशी लागेको छ ।” यसरी नै निर्वाचनका बेला गरेका प्रतिबद्धता जनप्रतिनिधिले बिस्तारै काम गर्दै गए देशले सही निकास पाउने उहाँको धारणा छ । 

त्यस्तैगरी, रामपुर नगरपालिका–३ की ९६ वर्षीय लीलादेवी बस्याल पनि वडा वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो लागेको बताउनुहुन्छ । “भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर रामपुरको बेझाड बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या, अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका विभिन्न गाउँ गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्”, उहाँले भन्नुभयो । 

उहाँहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडा वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ । बैंकमा भत्ता लिन जाँदा नागरिकको भीडले पालो नपाएर कहिलेकाहीँ त्यसै फर्किनु परेको रामपुर–५ की तेजमाया भण्डारीको भनाइ छ । “अहिले त वडामा गएपछि घण्टौँसम्म लाइनमा बस्नु परेन, आउन जान पनि सजिलो, घर नजिकैबाट भत्ता बुझ्न पाएपछि समय पनि बचत भएको छ”, उहाँले खुशी हुँदै भन्नुभयो । 

ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले विकट र दुर्गम वडाका विभिन्न स्थानबाट उनीहरुलाई पायक पर्ने गरी सामाजिक सुरक्षा बापतको भत्ता वितरण कार्य सञ्चालन गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । उहाँ आफँै पनि वडा वडामा पुगेर ज्येष्ठ नागरिकलाई भेटघाट गरी भत्ता वितरण कार्यमा सरिक हुनुभएको छ । उहाँको यो व्यवहारले पनि यतिबेला ज्येष्ठ नागरिकमा थप उत्साह बढेको पाइन्छ । 

रामपुर नगरपालिकाका विभिन्न वडामा अहिले क्रमैसँग भत्ता वितरण कार्य चलिरहेको छ । कर्मचारीको अभावका कारण भने नगरका दशवटै वडामा एकै साथ सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्न कठिनाइ परेको छ । यसले गर्दा नगरपालिकाले पालैपालोसँग वडा वडाका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ