२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

वीरेन्द्र शाहीको सालिक अनावरण

२०७४, १८ कार्तिक शनिबार १३:०१

कात्तिक १८, कालिकोट | शसन्त्र द्धन्द्धको क्रममा माओवादीबाट हत्या गरिएका लालुका वीरेन्द्र शाहीको सालिक अनावरण गरिएको छ । सहिद शाहीको सम्झनामा उहाँको जन्मघर लालु बुढागडामा  सालिक स्थापना गरिएको हो । वीरेन्द्रबहादुर शाहीमा छोराहरुले बनाएको स्वर्गीय शाहीको सालिक शनिबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर वमले अनावरण गरेका हुन् ।

सालिक अनावरण गर्दै शसस्त्र द्धन्द्धका बेला माओवादीले स्वर्गीय शाहीको सामाजिक प्रभाव देख्न नसकेर हत्या गगरेको बताए । ‘शाहीले समाजमा राम्रो गरेको देख्न नसक्नेहरुले उहाँको हत्या गरे’ उनले भने, ‘कालीकोटबासी र काँग्रेस पार्टीप्रति शाहीले गरेको योगदान अतुलनीय छ ।’ पार्टीले सधै शाहीको योगदानको स्मरण गरेको भन्दै उनले अहिले पनि शाहीको अभाव महसुस भएको बताए । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसलाई जिताउन सके शाहीले गरेको सामाजिक गरेको योगदानको कदर र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाई छ ।  

कार्यक्रममा नेपाली काँग्रेस कालीकोटका सह–सचिव दमनबहादुर शाहीले स्वर्गीय वीरेन्द्रबहादुर शाहीले कालीकोटको बिकासका लागि देखेका सपना पूरा गर्न आसन्न निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । स्थानीय बयोबृद्ध भैरे शाहीको सभापतित्वमा भएको सालिक अनावरण कार्यक्रममा नेपाल विद्यार्थी संघ कालीकोटका उपाध्यक्ष जगत बिष्ट, गजबहादुर रावल, नेपाली काँग्रेस साविकको लालु गाउँ कार्य समितिका सभापति नन्दनाथ योगीलगायतले स्वर्गीय शाहीको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा शाहीका छोरा प्रकाश शाहीले कोटवाडाका विमल दर्जीलाई बार्षिकरुपमा पढाई खर्च व्यहोर्ने घोषणा गर्दै रु ५ हजार हस्तान्रण गरेका छन् । विमल दर्जी खुट्टाको सहाराले अध्ययन गर्ने फरक क्षमताका विद्यार्थी हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते