२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

१८ कार्तिक २०७४, शनिबार १५:२०

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । हलेसीमा सरसफाईका क्रममा लुङ्दार जलाईएपछि बौद्धमार्गीहरुले त्यसप्रति घोर आपत्ति जनाएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका ७ स्थित महतवनमा बौद्धमार्गीहरुले टांगेका लुङ्दार सरसफाई गर्ने वहानामा जलाईएपछि त्यसलाई बौद्धमार्गीहरुले अमानविय कार्यको संज्ञा दिदै, धर्म र सदभावजस्ता कुरामा खलल ल्याउने काम गरेको भनेका छन् ।


मारतिका क्षिमेद गाग्तेन क्षोलिङ गुम्बा हलेसीका प्रमुख कर्मा वाङ्चुक शेर्पाले वौद्ध धर्मको विधिपूर्वक राखिएको ध्वजापतकाहरुलाई नजलाउन पुर्व जानकारी गरिए पनि अन्य हलेसीबासीहरुले वेवास्ता गर्दै जलाईएको आरोप लगाएका छन् । 

प्रमुख शेर्पाका अनुसार “कार्तिक १३ गते बसेको सर्वदलिय वैठकमा पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” उहाँले, “हलेसीमा बौद्धमार्गीहरुलाई उपेक्षीत गर्न थालिएको छ, यस्ता कार्यहरु दोहोरिए सहेर बस्न नसक्ने र बद्लामा कडा रुपमा सामाना गर्ने बताएका छन् ।”

उता पर्यावरणीय हिसावले अव्यवस्थीत रुपमा टांगिएका ध्वजापतकाहरुमात्र नष्ट गरिएको हलेसी तुवाचुङ नगरपालिका ७ का अध्यक्ष चइन्द्र राईले बताएका छन् । गुर्दुम मन्दिर आवतजावत साथै सुरक्षाका दृष्टिकोणले समेत लुङदार बाधक बनेकाले नष्ट गरिएको अध्यक्ष राईको भनाई छ । ताकि राई आफैले वैठक निर्णय पास गरेका थिए ।

“हलेसीलाई सफा, स्वच्छ, हराभरा र सुन्दर बनाउनका लागि मात्र प्लाष्टिक,सिशा तथा लुङ्दार व्यवस्थीत गरिएकोे बताएको राईको भनाई छ । गल्ती भुल सुधार गर्दै अध्यक्ष राईले हलेसीबासीहरुमा क्षमा माग्दै, लुङ्दार टांग्न पक्की पोल राख्ने स्टीमेट समेत भईसकेको जनाएका छन् ।” 

हलेसीमा अन्य फोहर फाल्ने डम्पीङ साईडहरुको अवलोकन भईरहेको छ । धार्मिक तथा पर्यटकीय स्थल हलेसी फोहोर बन्दै गएको बखत नगर तथा वडाको निर्देशनमा हलेसी र महादेवस्थान टोल विकास संस्थाको संयुक्त पहलमा सरसफाईको आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो