२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

२०७४, १८ कार्तिक शनिबार १५:२०

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । हलेसीमा सरसफाईका क्रममा लुङ्दार जलाईएपछि बौद्धमार्गीहरुले त्यसप्रति घोर आपत्ति जनाएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका ७ स्थित महतवनमा बौद्धमार्गीहरुले टांगेका लुङ्दार सरसफाई गर्ने वहानामा जलाईएपछि त्यसलाई बौद्धमार्गीहरुले अमानविय कार्यको संज्ञा दिदै, धर्म र सदभावजस्ता कुरामा खलल ल्याउने काम गरेको भनेका छन् ।


मारतिका क्षिमेद गाग्तेन क्षोलिङ गुम्बा हलेसीका प्रमुख कर्मा वाङ्चुक शेर्पाले वौद्ध धर्मको विधिपूर्वक राखिएको ध्वजापतकाहरुलाई नजलाउन पुर्व जानकारी गरिए पनि अन्य हलेसीबासीहरुले वेवास्ता गर्दै जलाईएको आरोप लगाएका छन् । 

प्रमुख शेर्पाका अनुसार “कार्तिक १३ गते बसेको सर्वदलिय वैठकमा पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” उहाँले, “हलेसीमा बौद्धमार्गीहरुलाई उपेक्षीत गर्न थालिएको छ, यस्ता कार्यहरु दोहोरिए सहेर बस्न नसक्ने र बद्लामा कडा रुपमा सामाना गर्ने बताएका छन् ।”

उता पर्यावरणीय हिसावले अव्यवस्थीत रुपमा टांगिएका ध्वजापतकाहरुमात्र नष्ट गरिएको हलेसी तुवाचुङ नगरपालिका ७ का अध्यक्ष चइन्द्र राईले बताएका छन् । गुर्दुम मन्दिर आवतजावत साथै सुरक्षाका दृष्टिकोणले समेत लुङदार बाधक बनेकाले नष्ट गरिएको अध्यक्ष राईको भनाई छ । ताकि राई आफैले वैठक निर्णय पास गरेका थिए ।

“हलेसीलाई सफा, स्वच्छ, हराभरा र सुन्दर बनाउनका लागि मात्र प्लाष्टिक,सिशा तथा लुङ्दार व्यवस्थीत गरिएकोे बताएको राईको भनाई छ । गल्ती भुल सुधार गर्दै अध्यक्ष राईले हलेसीबासीहरुमा क्षमा माग्दै, लुङ्दार टांग्न पक्की पोल राख्ने स्टीमेट समेत भईसकेको जनाएका छन् ।” 

हलेसीमा अन्य फोहर फाल्ने डम्पीङ साईडहरुको अवलोकन भईरहेको छ । धार्मिक तथा पर्यटकीय स्थल हलेसी फोहोर बन्दै गएको बखत नगर तथा वडाको निर्देशनमा हलेसी र महादेवस्थान टोल विकास संस्थाको संयुक्त पहलमा सरसफाईको आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित