२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नागरिकता वितरणमा अति सुस्तता, सेवाग्राही रुष्ट

२०७४, १९ कार्तिक आईतवार ०६:३८

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | जिल्ला प्रशासन कार्यालय दिक्तेलवाट वितरण हुने नागरिकता सेवा अत्यन्तै सुस्त हुंदा सेवाग्राहीहरु रुष्ट वन्ने गरेका छन् । नेपाली नागरिकता पाउन यथेष्ठ कागजी प्रक्रिया पुगेका व्यक्तिले समेत प्रशासनवाट नागरिकता पाउन एक दिन विताउँनुपर्ने वाध्यता रहेको छ । जसका कारण विकट गाउका स्थानीयहरु प्रत्यक्ष मर्कामा पर्ने गरेका छन् । उनीहरुको नागरिकता बनाउन दिन वित्ने गरेको छ ।

कार्यालय खुल्ने वितिक्कै रित पुर्याई नागरिकता फाँटमा नागरिकता पाउ भनि वडासचिव र वडाध्यक्षले तयार पारेका कागज पेश गर्दासमेत घण्टौ कुर्नुपर्ने समस्याले उनीहरु आजित भएका हुन् । जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा पर्याप्त कर्मचारी भने रहेको छ । 

नागरिकता वितरणमा प्रशासनको ढिलाई मात्रै नभई लापारवाही समेत हुने गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका १५ वुईपाका सोनु श्रेष्ठको नाम नै गलत टाईपिङ हुंदा उहाँले नागरिकता भए वापत राज्यवाट पाउनुपर्ने सुविधावाट वञ्चित हुनुपरेको छ । उनले भने “प्रशासनमा नागरिकता लिन दिन नै गाल्नुपर्छ । कुर्दाकुर्दा वल्ल नागरिकता पाए काठमाण्डौ पुगेर हेर्दा स्पेलिङ नै गलत रहेछ । बेकम्मा भयो नागरिकता ।”

काठमाण्डौवाट श्रीमतीका लागि नागरिकता वनाउँन आएका ऐसेलुखर्क ३ का हेम प्रताप गुरुङको श्रीमती झर्ना गुरुङको नागरिकता ५ घण्टामा बन्यो । तर, १० वजे छोराका लागि नागरिकता पाउ भनि पेश गरेकोे कागज मिलेन भन्दै कर्मचारीले ३ वजे फर्काइदियो । जसोतसो कार्यालय बन्द हुनुभन्दा अगाडी नागरिकता बन्यो ।

वडा सचिव तथा अध्यक्षले रित पुर्याएको कागज हुंदैन भनेर फर्काउँदा उनीहरु अनावश्यक दुख झेल्न बाध्य भए । कि सचिव अथवा वडाध्यक्षले नै जान्दैन काम गर्न बद्लामा हामी मुछिन्छौ गुरुङले भने, “ऐन कानुन भन्ने चिज साना ठूलामा विभेद हुन्छ ? नेतासंग आएकाहरुका भने रोलक्रम मिचेरै भए पनि वन्दो रहेछ त । हामीभन्दा ढिला आउँछन अगाडी जान्छन् ।”

यि त प्रतिनिधिहरु पात्र मात्रै हुन् । जिल्ला प्रशासन कार्यलय परिसरमा यस्ता समस्या ग्रसित सेवाग्राहीहरु प्रशस्त भेटिने गरेका अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष ओम प्रकाश घिमिरेले वताए । “यस्तो प्रणालीको अन्त्य गर्न जरुरी छ । नेपाली नागरिकले नागरिकता पाउनु नै दिन विताउनु यो कहाँको प्रणाली हो ।” उनले थपे, कानुनमा सवै समान हुनुपर्छ ।   

“नेपाली नागरिकता पाउन आवाश्यक कागजी रित पुगेका व्यक्तिले १ घण्टाभित्र नागरिकता पाउछन् । प्राविधिक कारण वाहेक कर्मचारी कसैले ढिला गरे, अनावश्यक दुख दिए सहायक प्रजिअ र मलाई भन्न सक्नु हुन्छ ।” प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने, कुन कर्मचारीले ढिलासुस्ती गर्छन तुरुन्त कारवाही हुन्छ । 

चाडपर्वको मुखमा दिनमा २ सयदेखी ३ सयसम्म नागरिकता वितरण हुन्छ । अन्य समयमा दिनमा सरदर २५/३० वटा नागरिकता वितरण हुंदा नै ढिलासुस्तीको चरम मार जनातले खेप्नु परीरहेको छ । नगारिकता वितरण सुस्ततामाथी जानकारी गराउन कतीपय सेवाग्राहीलाई प्रमुख तथा सहायक प्रजिअको कार्यकक्ष नै थाहा नहुने र सुरक्षा कारण प्रहरीले जानसम्म नदिएको गुनासो छ । 

यद्यपी, खोटाङमा दिक्तेलका अलवा ईलाका प्रशासन कार्यालय खोटाङवजार र ऐसेलुखर्कवाट नागरिकता विरतण भईरहेको छ । त्यहाँ दुवै ठाउँमा कम्प्युटर अपरेटर नभए पनि भएका कर्मचारी व्यवस्थापन गरी नागरिकता वितरण भईरहेको सिडियोको भनाई छ । ईलाका प्रशासन कार्यालय खोटाङ वजारमा नासु एक जनाको पद रिक्त रहेको छ । 


तश्विरमा: जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा नागरिकता लिन वसेका सेवाग्राही हाई काट्दै । तस्विर:: चिसाङ शेर्पा/साझा सवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित