२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान

२०७४, २० कार्तिक सोमबार ०६:२३

कात्तिक २०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाको सहजीकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाको शनिबार ठूलोबगरमा भएको भेलाले विवादलाई सहमतिमा टुङ्ग्याएको हो । 

विसं २०४६/४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो । 

नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमति भएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । 

भेलामा दोवा र भुरुङ तातोपानीका वडाध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालिकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीयवासीबीच सीमा विवाद समाधानको उपायका विषयमा छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते