२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा साँझको सात बजेपछि झ्याप हुन प्रतिवन्ध

२०७४, २० कार्तिक सोमबार १६:५६

दलसिंह गिरी/कार्तिक २०, कालिकोट । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मदिरा बिक्रि वितरणमा रोक लगाउने भएको छ । 

जिल्लामा अवैध मदिराको कारोबार बढेको भन्दै नियन्त्रण गर्ने स्थानीय प्रशासनले जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले जिल्लामा अवैध मदिरा नियन्त्रण गर्ने र इजाजत लिएर मदिरा बिक्रि गरीरहेकाहरुलाई अर्को व्यवस्था नभएसम्म बेलुका सातबजेदेखि बिक्रि र सेवनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउने सबै निकायसंग समन्वय गर्ने निर्णण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दल र तिनका उम्मेद्वारहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न जिम्मेवार बनाउने तथा आचारसंहिता उलंघन भए कानून अनुसार प्रक्रिया बढाउने लगायतका निर्णय गरेको छ । 

यसैबीच कालिकोटका ६८ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कायम रहेका ९९ सय मतदानस्थल मध्ये ६८ मददानस्थल अति संवेदनशिलको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए । उनका अनुसार २ वटा सामान्य र २९ वटा मतदान केन्द्रलाई  संवेदनशिलको सूचीमा राखिएको छ । 

पत्रकार संगको भेटघाट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरेले कालिकोटमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायको जनशक्ति एकीन हुन नसकेको बताए । उनले निर्वाचनका लागि सशस्त्र प्रहरी, म्यादी प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकाय परिचालन हुने जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते