१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा नाम नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

२१ कार्तिक २०७४, मंगलवार ०२:५१

कात्तिक २१, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो । 

उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

उनको साथमा साइकल र एउटा हेल्मेट फेला परेकाले साइकल यात्री भएको अनुमान गरिए पनि अरु कुनै प्रमाण फेला पार्न नसकिएकाले घटनाको अनुसन्धान भइरहेको जिप्रका चितवनले जनाएको छ । 

उनको पहिचानसमेत खुल्न नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गाडी या मोटरसाइकल केले ठक्कर दिएको हो भन्नेसमेत पहिचान हुन सकेको छैन । 

यता रत्ननगरमा एकजना मजदुर नवलकिशोर पासाङले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट